जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा सन्धिखर्क स्थित टुडिखेलमा १ दिने खेलकुद कार्यक्रमको सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मोती जङ रायमाझीको अध्यक्षतामा सम्पन भएको हो। उक्त कार्यक्रमा जिल्ला लगायत राष्ट्रियस्तरका खेलाडीहरुले भाग लिएका थिए । यसैगरी प्रजिअ बलभद्र गिरी, स्थानिय बिकास अधिकारी पुन्य बिक्रम पौडेल, बिभिन्न पार्टी प्रतिनीधीहरु एमालेका राम बहादुर चौहान, माओवादीका चन्द्र बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका झबी थापा, नेपाली कांग्रेसका सभापति कमल भुसाल, शन्ती समिती अर्घाखाँची कि सन्योजक यमुना भुसाल, जिल्ला अस्पतालका प्रमुख श्चित्र प्रसाद शर्मा वाग्ले, उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठ, नारायण बन्जाडे, पत्रकार निम बहादुर रिजालको उपस्थिती रहेको थियो। यसैगरी उक्त कार्यक्रमको सन्चालन बिष्णु परिवारले गरेका थिए।
Saturday, December 04, 2010
सन्धिखर्कमा १ दिने खेलकुद कार्यक्रम सम्पन्न
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:30 PM