Thursday, November 18, 2010

अर्घाखाँचीको सन्धिर्खकमा ठुलो एकादशी

तिहारको अन्तिम दिन ठुलो एकादशीको अवसरमा सदरमुकाम सन्धिर्खकमा लगायत जिल्लाभर विभिन्न पाठ-पूजा गरी एवम देउसी-भैलो खेलेको देखिन्थियो । एकादशीको अघिल्लो राती नेकपा एमाले अर्घाखाँचीले भव्य सास्कृतिक कार्यक्रम गरेको थियो भने अन्य राजनीतिक दलहरु एवम संघ-सस्था एवम स्थानियहरु पनि रातदिन नै खेलेको देखिन्थियो । सो अवसरमा अर्घाखाँचीडट्कमले सदरमुकाम सन्धिखर्कबाट प्रत्क्षय प्रसारण भिडियो लाईभ गरेको थियो । साथै एकादशीको दिन सदरमुकाम सन्धिखर्क, चुत्राबेशी बजारमा ठुलो मेला लागेको थियो । यसैगरी चुत्राबेशीमा एकदशी मेला पारेर कुखुराको भाले खेल आयोजना गरिएको थियो । जस अनुसार एक बासको खम्बाको टुप्पोमा कुखुराको भाले राखिएको थियो त्यसको साथमा तेल पनि थोप्ला-थोप्ला झर्ने गरी राखिएको थियो जो प्रतिस्पर्दीले उक्त बासको खम्बा चडेर कुखुरा निकाल्छ उसैले लैजाने नियम अनुसार अन्तमा ४ जना युवाले निकालेर सो कुखुरा लागेको अन्तिम क्षण रमाइलो देखिन्थियो । तस्बिरहरु: अर्घाखाँचीडट्कम