नेकपा एमाले अर्घाखाँचीले ठूली एकादशीको अवसरमा सदरमुकाम सन्धिर्खकमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जनसाँस्कृतिक महासंघका केन्द्रीय टोलीले रातभर रोचक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अत्यधिक रुपमा माओबादी अध्यक्ष प्रचन्ड तथा भुपु राजा ज्ञानेन्द्रको नक्कल गर्ने हास्य कलाकार मनोज गजुरेलले माओवादी अध्यक्ष प्रचण्डको अभिनय गरी दर्शकलाई पेट मिचीमिची हँसाएका थिए । अर्घाखाँची डट्कम् ले सो कार्यक्रमको आफ्नो वेबसाइट मार्फत प्रत्यक्ष भिडियो प्रसारण समेत गरेको थियो। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य घनश्याम भुसाल प्रमुख अतिथी रहेको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षता,सचिव दल बहादुर भट्टराइको सचालन र उपसचिव कुलदीप भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
Thursday, November 18, 2010
एमाले अर्घाखाँचीद्वारा सदमुकाम सन्धिखर्कमा ठूली एकादशीको अवसरमा भव्य सास्कृतिक कार्यक्रम एवम सभा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:54 AM