Saturday, November 20, 2010

संसदभित्र माओवादी हातपात

मुलुकले बजेट पाउने तयारीमा रहेकै बेला मुलुकको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका सभासद्‍हरुले अर्थमन्त्रीको हातबाट बजेट भाषणको व्रिफकेस खोसे। त्यसपछि हातपातमा उत्रिएका माओवादीका कारण बजेट आएन। मध्यरातको संसद भवनमा भएको यो असंसदीय गतिविधिले माओवादीको 'लोकतान्त्रिक अवतरण'माथि प्रश्न खडा गराएको छ। र, हालैका दिनमा विदेशी कुटनीतिक प्रतिनिधिहरुले 'माओवादीमाथि शंका रहेको' भनाईलाई पुष्टी गरेको छ। संसदभित्रका केही दृष्य













कुटपिटमा उत्रने माओवादी यी थिए
संसद भवनको क्यामेराले पूरै दृश्य कैद गर्न नसके पनि प्रत्यक्षदर्शीहरुले दिएको जानकारीका आधारमा पत्रपत्रिकामा प्रकाशित समाचार अनुसार राति १० बजेर २० मिनेट जाँदा सुरु भएको संसदको बैठकमा यसो भएको थियो।
• सभामुखले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट पेस गर्न अनुमति दिनेबित्तिकै माओवादी सभासदहरु दौडेर उनलाई रोक्न आए।
• माओवादी सभासद राजकाजी महर्जनले अर्थमन्त्रीलाई बाटो रोकेर समाते।
• सूर्यमान दोङ र लेखराज भट्टले पनि अर्थमन्त्रीको बाटो छेके।
• अर्थमन्त्री बजेट भाषण भएको ब्रिफकेस जोगाउन खोजिरहेका थिए। तर भीडले उनलाई पछि पछि धकेलिरहेको थियो।
• सभासद नरेन्द्र कुँवरले ब्रिफकेस खोसेर फुटालिदिए।
• अर्थमन्त्रीलाई बचाउन गएका ऊर्जामन्त्री प्रकाशशरण महतलाई दुई मुक्का ठोक्दिए सभासद लेखराज भट्टले।
• माओवादी सभासदहरु चन्द्रबहादुर थापा, धर्मशीला चापागाइँ र कर्णजीत बूढा काँग्रेस सभासदहरु बस्ने ठाउँमा गएर रामचन्द्र पौडेलसित बाझ्न थाले।
• काँग्रेस सभासद कृष्णा अमात्य र उषा गुरुङले प्रतिकार गरे।
• प्रधानमन्त्री, काँग्रेस, तमलोपा र फोरम लोकतान्त्रिकका सभासद बस्ने पहिलो लहरका माइक माओवादी सभासदहरुले तोडफोड गरे।