Tuesday, November 23, 2010

सन्धिखर्क हललाईन सड्क कालोपत्रे गर्न माग गर्दै जिविस घेराऊ

सन्धिखर्क हललाईन हुदै नयाँ बसपार्क सम्मको कच्ची सडक पीच गर्न माग गर्दै बजारवासीले मंगलवार जिविस कार्यालय घेराऊ गरेका छन । सन्धिखर्कका गल्दीहरु पीच गर्दा हललाईन बजारमा पीच गर्न छुटाएको १० वर्षसम्म सडक पीच नहुदा न्युरोड हललाईनका बजारवासीहरु आन्दोलनमा उत्रिएका हुन । सडक कालोपत्रे गर्न दवाद दिनको लागी व्यापारी र घरधनी भेला भएर संघर्ष समिति समेत गठन गरेका छन । पटक पटक पीच गरिदिने आश्वासन दिएपनि वास्ता नगरेकाले आन्दोलनमा उत्रिएको बताएका छन । तस्बिरहरु: बिरेन्द्र केसी