Wednesday, November 10, 2010

यूएईको आबुधाबीमा लक्ष्मी जयन्ती सँगै यमपन्चकका पाचै दिन सर्वदाले मनायो तिहार

सात समुन्द्र पारी अरब को खाडीमा कार्यरत नेपालीहरुले नेपाली भाषा सस्कृती तथा नेपाली साहीत्यलाई जगेर्नागरिरहेको प्रसस्त देख्न सकिन्छ । नेपालीका महत्वपूर्ण महान चाडपर्वलाई बिदेशमा रहने नेपालीले पनि आफ्नो गाउघरको सम्झना गर्दै मनाउने गरेको पाईन्छ । बिजयादशमीको अवसरमा रात्री प्रहर देखिनै टिका र जमरा लगाएर यूएईको आबुधाबीमा मनाएको समाचार सेलाउन नपाउदै सर्वदा वाङगमय यूएई प्रतिस्ठानले गत शुक्रबार महाकवी लक्ष्मी प्रशाद देवकोटाको १०१ औ जन्मजयन्ती एवम लक्ष्मी पूजा तथा दिपावलीको अवसरमा बिबिध कार्यक्रम गर्दै तिहार मनाएको छ । नेपाली साहित्यमा बिर्सनै नसक्ने बिबिध खालका कृतिका सर्जक महाकवी लक्ष्मी प्रशाद देवकोटाको १०१ औ जन्म जयन्तीको अवसर पारेर यूएईको आबुधाबीमा आयोजित तिहार बिशेष बिबिध सास्कृतिक कार्यक्रम यूएईकै एतिहासिक साहित्यिक कार्यक्रम सावित भएको छ । तस्बिरहरु: उमाकान्त पाण्डे गाउले