Thursday, November 11, 2010

यूएई: सघींयता बिरुद्दको आफ्नो आवाज तिहारको देउसी भइलोमा पनि

सुन्दा अचम्म तर रास्ट्रियताको सन्धर्भमा प्रवासी नेपालीहरु को जमघटमा यही देउसुरे गुन्जिएको थियो । त्यो पनि दुबईको मध्यभागमा रहेको सफा पार्कमा । जहाँ गत शुक्रबार तिहार मनाउनका लागि समुह बनेर जाने नेपालीको अत्यन्त भिड देखिन्थ्यो । नेपाली पोशाकमा सजिएका नेपाली दाजुभाइ तथा दिदी बहिनीको समुह सन्ध्याको सात बज्ने बखत सम्म गेटमा प्रवेश शुल्क दिदै टिकट लिदै जादै गरेको द्रिश्य पतिंकारले देख्यो । त्यो शुभ साइत जुराएको थियो नेपालको सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएई अन्तर्गत अल्कुज एरिया समिती र एकता समाज दुबइ क्षेत्रिय समिती ले । साथै होमित क्लिनर कम्पनीमा कार्यरत नेपाली महिलाहरु सानु माया तमाङग,शारदा तन्डुकार,लगायतका महिलाहरु र सुक बहादुर गुरुङको सकृयातामा यूएई नेपाली एकता समाजका केन्द्रिय उपाधक्ष्य कृष्ण केसी को बिशेष उपस्थितीमा सम्पन्न भयो । तस्बिरहरु: उमाकान्त पाण्डे गाउले