Saturday, November 06, 2010

दुबईमा दिपालीको वनभोज कार्यक्रम सम्पन्न

दुबईस्थित सफापार्कमा नेपाली मगर संघ युएईको दुबई क्षेत्रीय समितिको आयोजनामा दिपावली २०६७ को शुभकामना आदानप्रदानसहित वनभोज कार्यक्रम सम्पन्न भएको छ । यस पालिको दिपावलीलाई दुबईस्थित रहेका दाजुभाई तथा दिदीबहिनीहरुले हर्षोउल्लासका साथ वनभोजको रुपमा मनाएका छन् । आफ्नै संस्कृति आफ्नै परम्परा र आफ्नै परिकारका खानपानले मात्र दिपावलीको महत्वलाई उजागर नगरी भाईचारा दाजुभाई र दिदीबहिनीको साइनोलाई अझै गास्नमा पनि महत्वपूर्ण भूमिका रहेको थियो । - लालबहादुर ढेंगा दुबई युएई