अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चाको विशाल सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ सो सभामा राजमो केन्द्रिय अध्यक्ष चित्र बहादुर के.सी, सभासद तथा केन्द्रिय उपादक्ष्य शन्तबहादुर नेपाली, सागर के.सी, भारतबाट आएका नेता नरेन्द्र थापाले सम्बोधन गर्नु भएको थियो। रानीगैरामा भएको उक्तसभाको सन्चालन झुपलाल थापाले गर्नु भएको थियो र अध्यक्षको आसन ग्रहण शेर बहादुर बिसीले गर्नु भएको थियो। सभाको बिच-बिचमा रक्तिमको कार्यक्रम र प्रस्तुती हेर्न हजारौंको सन्ख्यामा दर्शकको उपस्तिथी रहेको थियो। यसैगरि अर्घा मैदानमा नयाँ राष्ट्रिय जनमोर्चा नेपालको सभा गरेको थियो । उक्त सभामा पार्टीका महासचिव डिलाराम आचार्यले सम्बोधन गर्नुभएको थियो।
यसैक्रममा पुर्णिमाको दिन अर्घाखाँचीको अर्घामा राजनीतिक दलहरुका कार्यक्रम एवम अर्घामा लागेको सराय मेलामा ३५ हजार सम्म छिमेकी जिल्ला लगायत अर्घाखाँचीबासीहरुको उपस्थित रहेको अर्घाखाँचीडट्कमले गरेको एक सर्वेक्षणले देखाएको छ भने अर्घाखाँचीडट्कम मार्फत उक्त २ दिनमा गरिएको प्रत्क्षय प्रसारण लाईभ सुन्ने विश्वभरका नेपालीको सन्ख्या ८५ हजार आठ सय नब्बे रहेको छ। तस्बिरहरु: अर्घाखाँचीडट्कम
Sunday, October 24, 2010
अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चाको विशाल सभा एवम सास्कृतिक कार्यक्रम एवम पुर्णिमा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:37 AM