बेल्टारी संघर्षसिल युवा क्लब अर्घाखाँचीको आयोजनामा २०६७ कार्त्तिक ८ गते, सोमबार( अक्टोबर २५ ) गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य हास्यव्याङ सास्कृतिक कार्यक्रमको सम्पन्न भएको छ। सो एतिहासिक कार्यक्रममा हजारौं अर्घाखाँचीबासीहरुको उपस्तिथी रहेको थियो भने अर्घाखाँचीडट्कम एवम रेडियो अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कबाट सो कार्यक्रमको प्रत्क्षय अडियो-भिडियो लाईभ गरेका थिए। सो कार्यक्रममा नेपालका रास्ट्रिय हास्य कलाकार शिव हरी पौडेल "मुखा हानु जस्तो, जितु नेपाल - मुन्द्रे, किरण केसी - ए राता मकै, गोपाल फिस्टे - नियम कडा छ, तथा लोक दुनियाँका चर्चित कलाकार खुमान अधिकारी, राधिका हमाल, आधुनिक गीत संगीतका चर्चित गायक हेमन्त शर्मा, प्रमोद खरेल तथा अन्य धेरै कलाकारको जमघट रहेको छ । यो नै अर्घाखाँचीको ईतिहासमा पहिलो ठुलो- भव्य सास्कृतिक कार्यक्रम थियो ।
Tuesday, October 26, 2010
सन्धिखर्कमा एतिहासिक राष्ट्रिय स्तरको भव्य हास्यव्याङ सास्कृतिक कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
5:55 AM