Saturday, September 04, 2010

संसारको सबै भन्दा लामो दुरीको मेट्रो रेल दुबईको अबलोकनमा अर्घाखाँची, गुल्मीबासी युवाहरु

यूएईको दुबईमा रहेको विश्वको सबैभन्दा लामो दुरीमा चल्ने मेट्रो रेलको अर्घाखाँची,गुल्मीका नेपाली युवाहरुको समुहले अवलोकन गरेका छन । नेपाली कामदारहरु यहाँ कामगर्न मात्र होइन केही सिक्ने र जान्न उत्सुक भएको पनि यो तथ्यले झन प्रमाणित गर्छ । यसै क्रममा अर्घाखाँची बल्कोट - केरुङगा लगायत छिमेकी जिल्ला गुल्मीका युवाहरुले सम्युत्त रुपमा एक ईमेल पत्र अर्घाखाँची टाईम्सको यूएई कार्यालयमा पठाउनु भएको छ । यसरी सम्युत्त रुपमा पत्र पठाउने अर्घाखाँची केरुङगाका केशब खनाल ,चोलनाथ खनाल,भुवन खनाल,रुक्मागत खनाल,केशब आचार्य,बल्कोटका हुम बहादुर राना,हुम बहादुर दर्जी,अर्घाखाँची डिभर्नाका भुवन आचार्य,छिमेकी जिल्ला गुल्मी सिमीचौरका जिवलाल घिमिरे,झक बहादुर टन्डन,गुल्मी अर्खले ९ का मुम बहादुर बस्नेत लगायतको एक जम्बो टोलीले सो मेट्रो रेल स्टेसनको अवलोकन तथा त्यस सम्बन्धी बिभिन्न बिषयमा अध्यन गर्ने प्रयास गरेका छन । तस्विरहरु : उमाकान्त पाण्डे