Monday, September 06, 2010

सन्धिखर्क र चुत्रावेशी जोडने अबरुद्ध सड्क नेपाली सेनाले खुलायो

सडक बनाऔ- अर्घाखाँची सदरमुकामको नयाँ बसपार्कमा सड्क निमार्ण गर्दै श्रीचन्दननाथ गणका जवानहरु । वर्षाका कारण सड्क अबरुद्ध हुँदा सन्धिखर्कबाट चुत्रावेशी बजारमा आवत जावत गर्नमा अबरुद्ध भएपनि चार दिन लगाएर सडक निर्माण गरेपछि सडक सुचारु भएको छ । सेनाले करिब २ सय किलोमिटर सडक मर्मत गरेका थिए । जिल्लाका प्रमुख बजार चुत्रावेशी र सन्धिखर्क पार गर्ने यो उकालो सडकमा वर्षाले बाटो विगारेर गाडी जान सकेका थिएनन । प्रत्येक वर्ष सडक अबरुद्ध हुँदा ढुवानीका समान सहितका सवारी साधान पार गर्न नसक्दा दुई महिना देखी व्यापारीले खाद्यान लैजान पाएका थिएनन । अबरुद्ध सडक उद्योग वाणिज्य संघको अगुवाईमा सेनाले मर्मत गरेपछि सोमवार देखी खुलेको छ । तस्बिर-वीरेन्द्र केसी