Wednesday, August 18, 2010

अर्घाखाँचीमा निजीसँग प्रतिस्प्रर्धा गर्दै सरकारी विद्यालयहरु

निजी बोर्डिङमा भन्दा सरकारी विद्यालयमा राम्रो पढाई भएपछि बोडिङ्ग छाडेर स्कुलमा जाने विद्यार्थीको सख्या बढदै गएको छ । सामुदायिक विद्यालयमा अग्रेजी भाषामा पढाई सञ्चालनमा ल्याएपछि विद्यार्थी यतातिर आकषिर्त भएका हुन ।
सदरमुकामको युवा वर्ष रविचित्र माविमा कक्षा १ देखी अग्रेजी भाषामा पढाई हुने गरेको छ । विद्यार्थी आकषिर्त गर्न सरकारी विद्यालयमा अग्रेजी भाषामा निशुल्क पढाई भएकाले उक्त विद्यालयमा छोराछोरी पढाउन सिफारिष गर्न आउने अभिभावकको सख्या बढदो छ । तस्बिरहरु: - वीरेन्द्र केसी