Monday, August 16, 2010

भारतको दिल्ली,गोबिन्द पुरीमा धुमधाम सँग सास्कृतिक कार्यक्रम सम्पन्न

भारतको दिल्ली,गोबिन्द पुरीमा धुमधाम सँग सास्कृतिक कार्यक्रम सम्पन्न: नाचे थर्थराएर उभिने देखि लौराको आड लिएर उभिन सक्ने बुढापाका सम्म । कार्यक्रमको आयोजना मेची महाकाली सास्कृतिक साझंद्वारा १५ अगस्त (भारतको स्वतन्त्रता दिवस) को दिन सबै नेपालीको बिदाको दिन पारेर गरिएको थियो । कार्यक्रममा दिल्ली, गाजियबाद, फरिदाबाद, गूड्गाउ लगायत अन्य टाढा-टाढा बाट हजारौ नेपालीहरुको उपस्थिती रहेको थियो। जस्मा अर्घाखाँची, गुल्मी जिल्लाका पनि थुप्रै साथीहरु हुनुहुन्थ्यो । कार्यक्रममा नेपालका प्रख्यात कलाकारहरुको पनि उपस्थिती रहेको थियो । जसमा सिर्जना बिरही थापा, राजन ठकुरी, जमुना राना, सुदुरपस्चिमका प्रख्यात देउडा गाएक महेश कुमार औजी हुनुहुन्थ्यो, कलाकारहरुले आफ्ना-आफ्ना एल्बमका लोक दोहोरि तीज गीत देखि पन्चे बाजा सम्मका गीत गाएर, नाचेर, नचाएर तथा चुटकिला सुनाएर दर्शकलाइ भरपुर मनोरंजन दिनुभएको थियो । कार्यक्रममा नेता तथा थुप्रै बुद्दिजिबीहरुको पनि उपस्तिथी रहेको थियो र स्थानीय कलाकारहरुको पनि सहभागिता रहेको थियो। यसै बेला लिएका केही फोटोहरु...तस्बिरहरु: विजय कौशल "बिवस", केरुङा - 6, जबुन्डाडा, अर्घाखाँची, हाल दिल्ली/गुड्गाउ भारत