Tuesday, June 29, 2010

अर्घाखाँचीका (अर्घाखाँचीमा लागुपदार्थ नियन्त्रण सम्बन्धी सचेतना / एमाले अर्घाखाँचीले मनायो असार पन्ध्र) फोटोहरु भाग- १७१

राम्रैसंग बिदा गर् यो एमाले अर्घाखाँचीले असार पन्ध्रलाई
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ जिल्ला कमिटि अर्घाखाँचीले स्थानिय रामनिधि ज्ञवालीको पचासे फाटको खेतमा रोपाई गरी यो पर्ब मनाएको छ । नेकपा एमाले संबिधान सभाका सदस्य तथा केन्द्रिय कमिटी सदस्य नजिर मियाले खेतमा धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रोपाइ कार्यक्रममा नेकपा एमालेका अधिकाम्स जिल्ला नेताहरुको उल्लेखनिय सहभागीता देखीन्थ्यो । जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष दुर्गा खनाल राष्ट्रिय परिसदका सल्लाहाकार सदस्य अब्दुल सकुर मिया महिला संघकी जिल्ला अध्यक्ष बिजुला रायमाझी लगायतका नेता तथा कार्यक्रर्ताहरुले असार पन्ध्रलाई खेतमा छपछपी धानको बिउ रोपी वाली गाउदै असार पन्ध्रलाई वाईवाई गरेका छन् । सधै आ-आफ्ना कार्यक्रममा मस्त रहने नेताहरु आज यसरी खेतमा हिलै हिलो देख्दा सर्बसाधारणलाई अचम्म लागेको थियो । यसरी नै संबिधान सभाका सभासदहरु कसियर संबिधान निर्माणमा लागेका भए २०६७ जेष्ठ १४ मा नेपाली जनताले नयाँ संबिधानको स्वाद चाख्न पाउन्थे होला । - बिनोद गैरे





अर्घाखाँचीका गाउँका विद्यालयमा लागुपदार्थ नियन्त्रण सम्बन्धी सचेतना

पछिल्लो पटक युवाहरुमा बढदो लागु पदार्थ मदिरा र दुव्र्यसनीमा लाई रोक्न गाउँमा सचेतना अभियान साचालन गरि सेवन नगर्न अनुरोध गरिएको छ । लुम्बिनी सामाजिक विकास केन्द्रले स्वास्थ्यमा पर्ने असरको बारेमा चेतनामुलक शिक्षा दिएपछि अधिकाश युवा तथा विद्यार्थीहरुले सेवन नगर्ने प्रतिबद्धता जनाएका छन । सचेतना कार्यक्रम पछि उक्त उच्च माविका विद्यार्थीले गाउँमा सेवन गर्दै आएकालाई नियन्त्रण गर्ने र गाउँलाई दुव्र्यसनी मुक्त गाउँ घोषणा गर्ने बताएका छन । यस्तो कार्यक्रम जिल्लाका अधिकाश गाविसका उच्चमाविमा साचालन गरिने सस्थाका अध्यक्ष ईन्द्रमणी पौडेलले बताए । युवाहरु कुतलमा नलागुन भन्ने उद्देश्यले यस्तो कार्यक्रमलाई गाउँ केन्द्रित गरिएको हो । लागु औषधको शिक्षा पाएपछि विद्यार्थीहरुले पनि गाउँमा आपना अभिभावक र छिमेकीलाई जानकारी गराएर चुरोट सुर्ती खैनीजाड रक्सी लगायत रोकथाम गर्नमा पहल गर्ने बताएका छन ।तस्बिर-वीरेन्द्र केसी