Thursday, July 01, 2010

अर्घाखाँचीका (अर्घाखाँचीका पत्रकार बीच अन्तरकि्रया) फोटोहरु भाग- १७२

अर्घाखाँचीका पत्रकार बीच अन्तरकि्रया: न्युनतम पारिश्रमिक निर्धारण समितिले जिल्लामा सचालन भएका साचार गृहको अनुगमन तथा पत्रकारहरु बीच विहिवार सन्धिखर्कमा अन्तरकि्रया गरेको छ । महासघका केन्द्रीय कोषध्यक्ष रमेश विष्टको नेतॄत्वमा निमा पाखरिन र डिआर घिमिरेको टोलीले जिल्लाका साचार गृहको अवस्था र पत्रकारका समस्याका विषयमा जानकारी लिएको हो । राजधानी मोफसल र स्थानीय मिडियामा कार्यरत साचारकर्मीको न्युनतम पारिश्रमिकलाई निर्धारण श्रमजीवि ऐनको कार्यान्वयन नेपाली प्रेस र श्रमजीवि पत्रकारको अवस्थाको बारेमा पत्रकारहरुसग जानकारी लएको छ । समितिसग पत्रकारहरुले जिल्लामा बसेर पत्रकारिता गर्दाको अवस्थाबारे जानकारी गराए । उनीहरुले अझैपनि ढुक्क सग लेख्ने वातावरण नभएको र समाचार लेखेकै आधारमा विभिन्न पक्षबाट धम्की र दवालले आईरहने बताए । राज्यले पत्रकारहरुलाई काम गर्ने सहज वातावरण र बाच्न सक्ने आधार निर्माण गर्नुपर्ने बताए । मिडिया साचालक र पत्रकारहरु बीच निश्चित मापदण्ड नभएकाले श्रमजीवि ऐन लागु गर्न समस्या परेको बताउदै सरकारले राजधानी मात्रै नभएर जिल्लामा कि्रयाशिल पत्रकारलाई पनि समान व्यवहार गर्नुपर्ने बताएका थिए । तस्बिर-वीरेन्द्र केसी