Friday, May 07, 2010

अर्घाखाँचीका (माओवादीको अलोकप्रिय आमहड्ताल अर्घाखाँचीमा) फोटोहरु भाग- १६६

माओवादीको अलोकप्रिय आमहड्ताल अर्घाखाँचीमा: आफ्नै शब्दमा जनता-जनता भीडाउने षडयन्त्र भएको भन्दै माओवादीले जारी अलोकप्रिय आमहड्ताल स्थागित गर्ने निर्णय गरेको छ । शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार र त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै बैशाख १९ गते अनिश्चितकालिन आमहड्ताल सुरु गरेको थियो । आमहड्ताल लम्बिंदै जाँदा पनि सरकारले मागको सम्बोधन नगरेपछि सर्वसधारणको जनजीवन कष्टकर बन्दै गएको थियो । माओवादी माथि आमहड्ताल फिर्ता लिनको लागि व्यापक जनदवाव परेको थियो । मुलुकभरका बिभिन्न स्थानहरुमा सत्तारुढ दलका कार्यकर्ताहरुको अगुवाइमा प्रतिकार तथा विरोध प्रदर्शन पनि बढ्दै गएको थियो । अन्तरराष्ट्रिय समुदायको तर्फबाट पनि हड्ताल फिर्ता गर्न आग्रह गर्दै आएको थियो । माओवादीको अलोकप्रिय आमहड्तालको देशभर जताततैबाट प्रतिकार र विरोधमा प्रदर्शनहरु हुन थालेपछि पुर्वबिद्रोहीले यो निर्यण लिएको हो भन्ने नेपाली संचारमाध्यमहरुको टिप्पणी छ। यसगरी माओवादीको अलोकप्रिय आमहड्तालले अर्घाखाँचीको जनजीवन पनि ठप्प भएको थियो । तस्बिरहरु:- गणेश चुदाली