Friday, April 23, 2010

अर्घाखाँचीका (सिद्धारा, किमडाँडा, खिल्जीमा आगालागी र डढेलो) फोटोहरु भाग- १६२

सिद्धारा, किमडाँडा, खिल्जीमा आगालागी र डढेलो: चैत्र, बैशाखको प्रचन्ड गर्मी सँगै अर्घाखाँचीमा दिनहु जसो आगालागी र डढेलो लागेका घटनाहरु संचारमाध्यममा आइरहेका छन यस अघि प्रकासित समाचारहरु अनुसार खिल्जी गाविसको कृलुक गाउँमा आगाली हुदा आठ घर जलेका थिए,त्यसैगरी सिद्धारा गाविसको वार्ड नं. ७ कसेरी सामुदायिक वनमा ठुलो आगोलागी हुँदा झण्डै १७ हेक्टर जङ्गल नष्ट भएका साथै सानातिना अगोलागीका घटना सँगै यही हप्ताको शुरु तिर किमडाँडा गाविसको खहरे सामुदायिक वनमा आगोलागी एवम डढेलो लाग्दा करोडौ रुयौका काठ, जडिबुटी र जंगली जनावर नष्ट भएका थिए। यसरी दिनहु हुने आगोलागी, डढेलोका प्रमुख कारण सुचना मुलक कार्यक्रम गर्न नसक्नु रहेको जिल्लाका वन अधिकारीहरुको भनाइ छ ।

उता हाम्रा अर्घाखाँची स्थित सन्धिखर्कमा रहनुभएका सम्पादक वीरेन्द्र केसीले स्थानिय गाउलेलाई उल्लेख गरी पठाएको समाचार अनुसार दिनहु जसो आगालागी भएर वन सखाप हुदा समेत जिल्ला वन र सम्बन्धित निकायले चासो नदिएको गुनासो रहेको छ। तसर्थ सम्बन्धित निकायबाट यस्ता आगोलागी, डढेलोका घटना हुन नदिन ४२ वटै गाबिसहरुमा सुचना मुलक कार्यक्रम गर्नु, स्थानियबासीलाई होसियारी गर्नु लगायतका कार्य्र गर्नुपर्ने सर्वसाधारणको आग्रह छ । यसैगरी हाम्रा सम्पादक वीरेन्द्र केसी गत महिनाको अन्त तिर खिल्जी र यस हप्ताको शुरुमा किमडाँडा यि सम्बन्धी समाचार सकलन गर्ने सिलसिलामा ति ठाउँहरुमा जानुभएको थियो एवम अर्का हाम्रा सम्पादन सहयोगी गणेश चुदाली पनि किमडाँडा पुग्नु भएको थियो, यसैसिलसिलामा उहाहरुले लिएका आगालागी र डढेलो सम्बन्धी तस्बिरहरु:-


किमडाँडा गाविसको खहरे सामुदायिक वन

















खिल्जी गाविसको कृलुक गाउँमा आगोलागी