Saturday, April 17, 2010

अर्घाखाँचीका (अर्घाखाँची र जापानका फुलहरु) फोटोहरु भाग- १६१

अर्घाखाँची र जापानका फुलहरु: अर्घाखाँची जिल्ला समुन्द्र सतह भन्दा करिब पाँचसय देखि तीन हजार मिटरसम्म अबस्थित छ। त्यसैगरी अर्घाखाँचीको तापक्रम पनि ठाउँ-ठाउँ अनुसार फरक फरक देखिन्छ। अर्घाखाँचीमा साधारणतया डाँडाकाडामा कम तापक्रम पाईन्छ भने बेसीमा अली बढी तापक्रम देखिन्छ। आजभन्दा करिब चार महिन पहिले म र मेरो अति मिल्ने साथीहरु सन्धिखर्कबाट डाँडाको चिसो हावाको अनुभव र घुम्नको लागि खाँची मैदान पुगेका थियौ। हामीहरु मोटरसाइकलहरुलाई सवारीको साधन बनाएका थियौ। जब हामी नरपानी पुग्यौ त्यतिबेला चिसो हावाको अनुभव भयो। जब हामी नरपानीबाट खाँचीतर्फ जाने क्रममा अति नै लोभ लाग्दा फुलहरु देखियो। वास्तवमा ति ठुला-ठुला रुखहरुमा फुलेका फुलहरुले त्यो ठाउँको वातावरण नै सुन्दर देखिन्थेयो। ति फुलहरुको केही फोटो मैले खिचेको थिए।

करिब दुई महिनापछि म जागिर र अध्ययनको सिलसिलमा जापानमा आएको छु। आजभोलि जापानमा फुलफुल्ने मौसम भन्दा रहेछन। अनि जब मैले फुलहरुको मौसममा फुलहरु जताततै फुलेको देखे मैले मेरो जिल्ला अर्घाखाँची निकै समझिए किनभने यस्ता फुलहरु त मेरो जिल्लामा पनि थिए खाली फरक यत्ती मात्र हो कि त्यही फुलेका फुलको कसैलाई खासै मतलब थिएन भने यहाँ त ति फुलहरुलाई साकुरा भन्दा रहेछन र मान्छेहरु त्यही सकुराको बोटमुनी बसेर खुशी हुँदा रहेछन।
मैले यो जापान र खाँची, अर्घाखाँचीका केही फोटोहरु राखेको छु तपाईंहरु हेर्न सक्नुहुन्छ। यसो हेर्दा खासै फरक केही छैन फुलका बोटहरु र फुलहरुमा । तर जापानमा यस्ता बोटहरु सिटी सिटीमा देखिन्छ भने हाम्रो जिल्लामा केही ठाउँमा सिमित देखिन्छ जुन कसैलाई मतलब पनि छैन।
समग्रमा म के भन्न चाहन्छु भने हामीले पनि हाम्रा ति खाँचीका फुलहरु पनि राम्रोसँग ठाउँ-ठाउँमा रोपेर अथवा कोलोनी गरेर गाउँ, बेशी शहरमा राख्न सक्यौ भने हाम्रो जिल्ला पनि साकुरा फुल्ने जिल्ला भनेर चिनाउन पनि सकिन्छ कि कसो हो त !!!
आदरणिय दाजुभाई, दिदीबहिनीहरु एकचोटि सोच्ने हो कि साकुरा फुल्ने जिल्ला बनाउनलाई........................

Shakti P.C.
Researcher

Storm, Flood and Landslide Research DepartmentNational Research Institute for Earth Science and Disaster prevention (NIED)3-1 Tennodai, Tsukuba, Japan
&
PhD candidate
Graduate school of life and environmental science University of Tsukuba, Japan
Permanent address: Sandhikharka-6, Arghakhanchi, Nepal,



अर्घाखाँचीका फुलहरु:




जापानका फुलहरु: