Friday, February 19, 2010

अर्घाखाँचीका ( अर्घाखाँची महोत्सवमा लोक तथा फिल्म कलाकारको बेजोड प्रस्तुती ) फोटोहरु भाग- १४१

अर्घाखाँची महोत्सवमा लोक तथा फिल्म कलाकारको बेजोड प्रस्तुती: सदरमुकाम सन्धिखर्कमा माघ २८ गते देखी फाल्गुन ८ सम्म चलिरहेको अर्घाखाची महोत्सबको आज ९ दिन अर्थात भोली फागुन ८ गते समापन हुने दिन हो। महोत्सवले अर्घाखाँची तताएको, सन्धिखर्कको बातावरणमा रौनक थपेको छ तर नेपालका राष्ट्रिय स्तरका संचारमाध्यमहरुमा यो कुनै समाचारको विषय हुनसकेन, दोस्रो अर्घाखाँची महोत्सवको अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा उदघाटन गरेका संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्वाङ्गले संविधान निर्माणलाई प्रमुख लक्ष्य बनाएर अगाडी बढन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको समाचार बाहेक अन्य कुनै विषयमा समाचार आउन सकेन, किन ? पक्कै पनि यसमा आयोजकहरुको कमजोरी हुनुपर्छ।

आयोजकले संचारमाध्यमहरुलाई वास्ता नगरी राष्ट्रिय स्थरका कलाकारलाई समेत बोलाई अर्घाखाँची भित्रमात्र नाचगान, रमझम सिमित बनाए एवम महोत्सवको बारेमा जिल्ला बाहिर कुनै सकारात्मक सन्देश जान सकेन भन्छन पाणिनी क्याम्पसका एक जना विधार्थी लोकेन्द्र थापा। उनी थप्छन अर्घाखाँचीको बारेमा यस्ता महोत्सव जस्ता कार्यक्रमको व्यापक प्रचारगर्नु पर्छ यहाँ त गुल्मी, पाल्पा, छिमेकी जिल्लाका २,४ जना दर्शकमात्र देखिन्छन, महोत्सवले नेपाल भित्रका आन्तरिक प्रर्यटक एवम सके विदेशी प्रर्यटक भित्राउन मद्द्त गर्नुपर्छ जसले गर्दा जिल्ला बिकासमा समेत उल्लेखिय सहयोग पुग्नसक्छ।

महोत्सव आयोजकले राष्ट्रिय संचारमाध्यमका सन्धिखर्क स्थित सम्वादाताहरुलाई पनि खासै समाचार उपलब्ध गराउन सहयोग नगरेको र उनिहरुलाई समाचार लेख्न उत्साहित नगरेको भनि जिल्ला स्थित एक पत्रकारको भनाइ छ। उनी भन्छन विश्वभर अर्घाखाँची महोत्सव एवम जिल्लाको नियमित समाचार प्रकासित गर्ने अर्घाखाँची डट्कम् ले बनाएको महोत्सव गेटलाई समेत अन्यको तुलनामा शुल्क लगाएका छन, जिल्ला भित्र बज्ने सिमित एफ.एम रेडियोको के महत्व? अब कहाँबाट उनि आयोजकहरुलाई संचार-मिडियाको महत्व थाहा होस्। साथै महोत्सव आयोजक एवम जिल्लाको बारेमा हामीलाई विश्वभर रहेका अर्घाखाँचीबासी लगायतका नेपालीहरुबाट हजारौं ईमेल पत्रहरु प्राप्त भएका छन।

जेहोस् अब तस्बिरको विषयमा महोत्सवमा राष्ट्रिय स्थरका लोक तथा फिल्म नायिकको पनि बेजोड प्रस्तुती रहेको जसमा सिने कलाकार नन्दिता के.सी, कमल सौराग, बोम बहादुर कार्की, बीमा कुमारी दुरा, कृष्ण देवकोटा, प्रजापत्ती पराजुली, पुरुसोतम न्यौपाने आदि कलाकारहरुको अनेकौ प्रस्तुतीहरुले सन्धीखर्कको टुडिखेलको बातावरणमा रौनक थपेको थियो। कृपया महोत्सवको बारेमा "जिल्ला समाचार"मा गएर समाचार पढन,हेर्न सक्नुहुनेछ।