अर्घाखाँची महोत्सव सम्पन्न भएको घोषणा: माघ २८ गते देखी शुरु भएको दोस्रो अर्घाखाँची महोत्सव २०६६ विषेश समारोहका साथ फागुन ८ गते सम्पन्न भएको छ। यस महोत्सवलाई उद्योग बाणिज्य संघ अर्घाखाँचीले आफ्नै शब्दमा सोचे भन्दा बढी नै सफल भएको घोषणा गरेको छ। हाम्रा सदरमुकाम सन्धिखर्क स्थित एक जना सहयोगी शोभाखर पन्थीबाट प्राप्त समाचार अनुसार यस अर्घाखाँची महोत्सवमा १ लाख ६० हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड २० लाखको व्यापार भएको उल्लेख गरिएको छ। यस सम्बन्धी सम्पूर्ण समाचारहरु "जिल्ला समाचार" मा गएर हेर्न,पढन सक्नुहुनेछ । साथै अर्घाखाँची महोत्सवका अहिले सम्म प्राप्त फोटोहरु:-
Saturday, February 20, 2010
अर्घाखाँचीका ( अर्घाखाँची महोत्सव सम्पन्न भएको घोषणा) फोटोहरु भाग- १४३
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:49 PM