अर्घाखाँची महोत्सवमा अर्घाखाँचीडट्कम् लाई "उत्कृष्ट संचार माध्यम पुरस्कार": दोस्रो अर्घाखाँची महोत्सवको आयोजक उद्योग बाणिज्य संघ अर्घाखाँची तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानले अर्घाखाँचीडट्कम् लाई "उत्कृष्ट संचार माध्यम पुरस्कार" ले सम्मान गरेको छ।
माघ २८ गते देखी फाल्गुन ८ गते सम्म चलेको महोत्सवमा नेपाल लगायत विश्वभर महोत्सव एवम जिल्लाको बारेमा नियमित, निष्पक्ष रुपमा उत्कृष्ट समाचारहरु प्रकासित गर्दै आउनुका साथै जिल्लाका अनेकौ पक्षहरुमा एवम देश बाहिर रहेका अर्घाखाँचीबासीका गतिबिधीहरुलाई निरन्तर रुपमा बिभिन्न तहबाट सम्प्रेक्षण, प्रकासित गर्दै आएको, सुचनाको पक्षहरुमा सहयोगीको काम गरेको भन्दै महोत्सव आयोजकले अर्घाखाँची डट्कम् लाई "उत्कृष्ट संचार माध्यम पुरस्कार" ले सम्मान गरेको हो। यसैगरी अर्घाखाँचीडट्कम् ( अर्घाखाँची टाईम्स) का प्रमुख सम्पादक श्री मेहर सिंह के.सी ले एक प्रेस विज्ञप्ति जारी गरी अर्घाखाँची महोत्सव आयोजक उद्योग बाणिज्य संघ अर्घाखाँचीले प्रदान गरेको यो सम्मानले संचार क्षेत्रलाई हौसाल प्रदान गरेको र अबका दिनहरुमा अझ शसक्त रुपमा नयाँ ढंगले समाचार सम्प्रेषण र प्रशारणमा अगाडि बढ्ने बताउनु भएको छ।
साथै उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायत आयोजक पक्ष सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको उक्त विज्ञप्ति उल्लेख गरिएको छ। यसैगरी सम्पूर्ण अर्घाखाँचीबासी सहित अर्घाखाँचीडट्कम लाई बिभिन्न पक्षबाट सहयोग पुराउने सदरमुकाम सन्धिखर्क, बुटवल, राजधानी काठमाडौं, राजधानी नयाँ दिल्ली, मध्यपुर्व, यूरोप, अमेरिका स्थित सम्पूर्ण सहयोगी पत्रकारहरुलाई समेत विषेश धन्दवाद ज्ञापन गर्नुभएको छ।
माघ २८ देखी फागुन ८ गते शनिवार सम्म चलेको दोस्रो अर्घाखाँची महोत्सवमा २ करोड बराबरको आर्थिक कारोबार भएको र २ लाख दर्शकहरुले अवलोकन गरेको आयोजक संस्था उद्योग बाणिज्य संघ अर्घाखाँचीले जनाएको छ। साथै समापन कार्यक्रममा लिएका केही तस्बिरहरु:-
Sunday, February 21, 2010
अर्घाखाँचीका (अर्घाखाँची महोत्सवमा अर्घाखाँचीडट्कम लाई उत्कृष्ट संचार माध्यम पुरस्कार) फोटोहरु भाग- १४४
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:19 AM