कोरियामा अर्घाखाँचीबासी नेपालीहरु: पहिलोपटक कोरियामा नेपालीहरु पुगेको ईतिहास झण्डै दुई दशक लामो भैसकेकोछ । नेपालीहरु कामको खोजिमा सन् १९८९ देखि कोरिया जान शुरु गरेको पाईन्छ । नेपाल र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा सम्पन्न रोजगार अनुमति प्रणालीअन्तर्गत नेपाली कामदारलाई कोरियामा रोजगारी उपलब्ध गराउने विषयको सम्झौता थप वर्षका लागि नवीकरण भएको छ। यसरी कामको लागि अर्घाखाँचीबासी सहित हजारौं नेपालीहरु त्यहाँ अनेकौ कामहरु गर्दै आएका छन, तरपनि अहिले सम्म के कति जना अर्घाखाँचीबासी नेपालीहरु त्यहाँ छन भन्ने कुनै आधिकारीक तथ्याङ थाहा हुन सकेको छैन। कोरिया नेपालीहरुको लागि राम्रो रोजगार गन्तब्य हुनेपुगेको छ। जेहोस् हामीलाई उत्तर,दक्षिण कोरियामा रहेका सयौ नेपालीहरुबाट अनेकौ विषयमा ईमेल पत्रहरु प्राप्त भईरहन्छन। यसका साथै सन्धिखर्क -६, प्रतिक्षा नगरका करण रायमाझीले कोरियामा मनाएका नयाँ बर्ष सहितका अनेकौ फोटोहरु पठाउनु भएको छ, ति तस्बिरहरु:-
Friday, February 19, 2010
अर्घाखाँचीका ( कोरियामा अर्घाखाँचीबासी नेपालीहरु ) फोटोहरु भाग- १४२
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
7:30 AM