Monday, February 08, 2010

अर्घाखाँचीका (अर्घाखाँचीबासी/अष्ट्रेलिया) फोटोहरु भाग- १३९

अर्घाखाँचीबासी/अष्ट्रेलिया: अष्ट्रेलियाको कुरा गर्दा अहिले त्यहाँ दर्जनौ अर्घाखाँचीबासीहरु पढने एवम अन्य सिलसिलामा पुगेका छन। हालै अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमण गरेको द डेलि टेलिग्राफ पत्रीकाले एक समाचार छापेको छ। गत आइतवार विहानै काममा जाँदैगर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पतालको कोमामा छन् । विहानै काममा जादै गर्दा ३० बर्षिय श्रेष्ठमाथि पछाडीबाट दुई जनाले आक्रमण गरेका थिए । उनी मासु पसलमा सरसफाइको काम गर्थे । प्रत्येक बर्ष कलेजमा २० हजार अमेरिकी डलर पढाई शुल्क तिर्नुपर्ने उनी तिन/चार ठाउँमा काम गर्थे । भारतीय विद्यार्थीमाथि अष्ट्रेलियामा लगातार आक्रमण भएको सामाचार आइरहेको बेला नेपाली विद्यार्थीमाथि पहिलो पटक सांघातिक आक्रमण भएको हो । सन् २००९ मा अष्ट्रेलियामा ५४ जना विद्यार्थीमाथि आक्रमण भएको थियो । त्यसमा आधा भारतीय विद्यार्थी थिए । यसरी आक्रमण भएकामध्ये धेरैको मृत्य भएको छ ।

यस्तै केही समय अगाडि अष्ट्रेलियामा नेपाली युवती यौनव्यवसायमा लागेको आशंकामा नेपाली राजदूतावासले गम्भीरता देखाएको थियो। प्राप्त समाचार अनुसार अष्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले परराष्ट्र्मन्त्रालयलाई पत्र लेखी त्यसबारे जानकारी गराएका थिए। उल्लेख्य संख्यामा अष्ट्रेलिया छिरेका नेपाली युवतीहरु पैसाको अभावमा यौनव्यवसायमा होमिएको पत्रमा उल्लेख गरिएको छ। अध्ययनका लागि भनेर गएका युवतीहरु आर्थिकमन्दीसंगै रोजगार गुमाउन थालेपछि वाध्य भएर यौनव्यवसायमा लाग्न पुगेको समाचारहरु बेला- बेलामा आइरहदा पछिल्लो समयमा राजदूतबाटै गम्भीर पत्र आएको हो। मेलबर्न, सिड्नी लगायतका बिभिन्न ठाउँहरुमा रहेका नेपालीहरुले समय समयमा नेपालीबाट नेपाली नै ठगिने देखी अनेकौ दु:ख पाएका समाचार संचारमाध्यम आएका देखिन्छन। पढन भनी त्यहाँ पुगेका नेपाली बिद्यार्थीहरुले आफ्नो खर्च निकाल्नका लागि बढी मात्रामा रेस्टुराँहरुमा काम गरेको देखिन्छ।

धनको कुरा गर्दा त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन्। १९ वर्षअघि एमबिए पढ्नका निम्ति त्यता गएका शेष घले २००९को एक सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका छन। नेपालको लमजुङमा घर भएका उनी मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन्। मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित 'मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी' का साचालक हुन्। त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन्। त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन्। उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ।

जेहोस हामीलाई त्यहाँ रहेका नेपाली पाठकहरुबाट नियमित पत्रहरु प्राप्त भइरहन्छन। यसैगरी अर्घा ४ फलेपत, अर्घाखाँची हाल अष्ट्रेलियामा रहेकी गीता रायमाझीले आफ्ना बच्चाहरु लगायत अनेकौ फोटो सहित अर्घाखाँचीबासीहरु एवम आफ्न्तहरुमा नमस्ते, सम्झना भन्दै एवम रोशन शाही, पाल्पा हाल अष्ट्रेलियाबाट हामीलाई केही तस्बिर पठाउनु भएको छ।