Sunday, February 07, 2010

अर्घाखाँचीका (अर्घाखाँचीबासी दुबइ महोत्सवमा घुम्दै ) फोटोहरु भाग- १३८

यतीबेला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क अर्घाखाँची महोत्सवको माहोलले तातेको छ भने यूएईमा रहेका अर्घाखाँचीबासी नेपालीको एकटोली भने दुबइमा भईरहेको दुबइ महोत्सवमा घुमेर मनोरन्जन लिएका छन :

अर्घाखाँचीबासी दुबइ महोत्सवमा घुम्दै: यूएईको प्रमुख ब्यापारिक केन्द्र दुबइमा अहिले दुबइ मेला अर्थात दुबइ महोत्सव लागिरहेको छ । बिस्व आर्थिक मन्दीका कारण त्यसैको चपेटामा मध्यपुर्वमा सबै भन्दा बढी प्रताणित यूएई नै हो । अहिले यूएई मा आर्थिक मन्दी का कारण नेपाली कामदार को माग दिनानुदिन घटिरहेको छ यधपी केही औसत रुपमा भन्दा कम भएपनी बिबिध माध्यम बाट यहाँको आर्थिक मन्दिलाई हटाउन यहाँको सरकार लागिपरेको यहाँका संचार माध्यमले जनाएका छन ।

भर्खरै मात्र विश्वको सबैभन्दा अग्लो टावर दुबइ मा निर्माण कार्य सकेर प्रयोगमा ल्याइएको छ । अहिले दुबइ मा पहिले को तुलना मा ब्यापार ब्यवसायमा कमीआएको नेपाली ब्यापारब्यबसायी हरुको गुनासो छ । सोही आर्थिक मन्दीका कारण चपेटामा परेका ब्यापारी हरुलाई केही रात मिलेकोछ दुबइ महोत्सव ले । झट्ट हेर्दा नेपाल मा दसैं तिहार तथा अन्य पर्व हरुमा लाग्ने मेला को झल्को देखाउने दुबइ महोत्सव मा आधुनिक शैलीका खेल, प्रदशनी तथा ब्यापार व्यबसायले दैनिक घुम्न जाने अवलोकन कर्ताहरु को मन लाई आकर्षक गरेको छ । सो महोत्सव को भित्र नेपाली ब्यबसायी समेतले आफ्नो ब्यबसाय चलाएका छन । त्यहा नेपाली हरुपनी अत्यधिक जानेगरेका छन ।

नेपाली हरुले बिशेष गरिकन ओर्जिनल पाकिस्तानी ल्यादरका ज्याकेट लिनेगरेको पाइयो । नेपाल मा यतीबेला हिउदमा गहु उब्जाइरहेको बेला एकजना नेपाली ब्यापारीले त्यहा मकै पोलेर सबैलाई मकै खाने धोका पुरा गरिदिएका छन । यसै क्रममा गत शुक्रबार हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउले यूएईमा रहेका आफ्न आफन्त-परिवारजन साथै अर्घाखाँची बाट यूएईमा आई बिभिन्न पेशामा कार्यरत एक जम्बो टोलीका साथ त्यहा गई खिच्नुभएका केही तस्विर हामीलाई प्राप्त भएका छन । त्यी तस्विर यहाँ समेट्ने कोशिश गरेका छौ ।