अर्घाखाची महोत्सव २०६६ को धमाधम तयारी हुँदै: अर्घाखाँचीमा यही माघ २८ देखि फागुन ८ गतेसम्म "अर्घाखाची महोत्सव २०६६" हुँदैछ। महोत्सवमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई सहभागी गराउने उद्देश्यले महोत्सवमा थुप्रै आकर्ष विषयवस्तुहरु राखिने आयोजक समितिले जानकारी दिएको छ। महोत्सव भरि जिल्ला, केन्द्रिय स्तरका सास्कृतिक कार्यक्रम सहित जिल्लामा उत्पादित वस्तुहरु प्रदर्शनका लागि ५० वटा स्टलहरुको ब्यबस्थापन गर्ने कार्यक्रम रहेको जनाइएको छ । उता अर्घाखाची महोत्सवको उद्घाटन प्रधानमन्त्री माधव कुमार नेपालले गर्ने भनी सिंहदरवार स्थित प्रधानमन्त्रीको कार्यालयको समय तालिकामा उल्लेख गरिएको छ । अर्घाखाची महोत्सव २०६६ लाई भव्यरुपले सम्पन्न गर्न अहिले सन्धिखर्क स्थित टुडीखेलमा धमाधम तयारी भैरहेको छ भनी हाम्रा सन्धिखर्क स्थित एक जना सहयोगी बिनोद गैरेले उल्लेख गर्नुका साथै त्यहाँ लिएका केही फोटोहरु पठाउनु भएको छ। श्री गैरेले सदरमुकाम सन्धिखर्कबाट महोत्सव सम्बन्धी ताजा- ताजा समाचारहरुको रिपोर्टइङ गरिरहनु भएको छ। अर्घाखाची महोत्सव २०६६ को बारेमा लिएर हाम्रा विश्वभर रहेका हजारौं पाठकहरुबाट पनि अनेकौ टिप्पणी, प्रशसाहरु प्राप्त भईरहेका छन।
Saturday, February 06, 2010
अर्घाखाँचीका (अर्घाखाची महोत्सव २०६६ को धमाधम तयारी हुँदै) फोटोहरु भाग- १३७
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:37 AM