Wednesday, February 03, 2010

अर्घाखाँचीका (बिदेशको मरुभुमीमा श्रीस्वस्थानी ब्रतकथा) फोटोहरु भाग- १३६

बिदेशको मरुभुमीमा श्रीस्वस्थानी ब्रतकथा: देश भित्रहोश वा अन्य संसार को जुनसुकै कुनामा भएपनी हामी नेपली एकआपसमा मिलिजुली आफ्नो धर्म सस्क्रिती र परम्परा रितिरिवाज सँग नजिक हुँदै धर्म सस्क्रिती अनुरुप आफुलाई आस्तिक बनाएकै हुन्छौ । नेपाल भन्दा बाहिर सयौ माईल टाढा मध्यपुर्वको खाडी यूएई को आबुधाबी तथा यूएईको दुबइमा रहेका अर्घाखाँचीबासी नेपाली दाजुभाइ हरुले पौष शुक्ल पुर्णिमा देखी सुरु गरेको श्रीस्वस्थानी ब्रत कथाको समापन गर्नुभएको छ ।

समापन अर्थात धार्मिक भाषामै श्रीस्वस्थानी ब्रतकथाको साग्यता गरी यसबर्षको लागि सो श्रीस्वस्थानी ब्रत कथाको पाठ पढेर सक्नेदिन उहाहरुले केही तस्विर समेत लिनु भएको थियो । यूएईमा रहेका हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेलाई उहाहरुले बिशेष निम्तो दिएर सो कार्यक्रममा सहभागी गराउनु भएको छ ।

शब्द र तस्विरमा पूर्ण विवरण सँगै हामीलाई प्राप्त केही तस्विर यहाँ प्रकाशित गरेका छौ । तस्विर यूएईको आबुधाबीमा तथा दुबइको अल्कुजमा लीईएको हो । आबुधाबीमा सम्पन्न गरिएको कार्यक्रममा अर्घाखाँची पणेनाका अम्मर प्रशाद श्रेष्ठ , अर्घाखाँची बल्कोटका ढुन्नी राज पाण्डे , गुल्मी सिमीचौरका पिताम्बर घिमिरे लगायत अन्य नेपाली दाजुभाइ मिलेर कार्यक्रमको सम्योजन गर्नु भएको थियो भने दुबइको अल्कुजमा सम्पन्न कार्यक्रमको सम्योजन बल्कोट कै रेनु प्रशाद खनाल , हुमबहादुर राना , केरुङाका केशब खनाल, छत्रगन्जका प्रकाश पोख्रेल लगायत अन्य नेपालीको सम्लग्नता रहेको थियो ।