Sunday, January 31, 2010

अर्घाखाँचीका (बुद्धको जन्म स्थल) फोटोहरु भाग- १३५

बुद्धको जन्म स्थल: भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको कुरा गर्दा, लुम्बिनी पश्चिम नेपालको तराईमा अवस्थित रुपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगर देखि २२ कि. मी. दक्षिण पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा अवस्थित छ । यही कपिलवस्तुको शाक्यवंशी शासक शुद्धोनकी पत्नी मायादेवीको कोखबाट इं पू. ५६३ वैशाख शुक्ल पुर्णिमा को दिनमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । सुत्तनिपात लगायतका बौद्ध साहित्यमा लुम्बिनी बारे उल्लेख गरिएको छ । देवदहका कोलिया वंशी राजा देवदत्तकी रानी अञ्जनाको नाम रुपादेवी अर्थात सुन्दर कन्यालाई रुपा भन्दै जादा कालान्तरमा "रुम्मिनीदेइ", रुम्मिनदेइ हुदै पाली भाषामा "रु" को स्थानमा "लु" अक्षर थप भई "लुम्बिनीदेइ" वा लुम्बिनी रुपन्देही नामाकरण गरियो । उनी जन्मना साथ सात पाइला उत्तरपट्टि हिडेको भन्ने घटनाले अद्भूत शक्ति विद्यमान रहेको बुझिन्छ । मुश्लिम इतिहासकार अबुल फाजलले मोक्त भनी उल्लेख गरेका छन् । यसलाई "लुम्बिनीगामे" भनी अशोक स्तम्भमा उल्लेख गरिएको छ । ललितविस्तार, जातक निदनकथा दिव्यवदन तथा महावंशवस्ता बौद्ध ग्रन्थहरुमा लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा उल्लेख गरिएको छ । अहिले लुम्बिनी निर्विवाद रुपमा बुद्धको जन्मथलो भनी प्रमाणित भइसकेको छ ।

विश्वका शान्तिप्रेमी मानवको मात्र पवित्र थलो भएकोले १९७६ मा संयुक्त राष्ट संघको तत्कालिन महासचिव उ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तिर्थस्थल बनाउने योजना अन्तराष्ट्रिय स्तरमा नै तय गरियो संयुक्त राष्ट संघको तीन सदस्यीय टोलीले १९६७ ६८ को १० डिसेम्बरदेखि ९ जनवरिसम्म लुम्बिनीको विकासका पुर्वाधारहरु यातायात, पिउने पानी, विद्युत अवास आदि बारे विशेष परामर्श दिएको थियो । यसको बिकासको लागि पाकिस्तान, श्रीलंका, भारत, म्यान्मार, अफगानिस्थान, थाइलेण्ड, कम्बोडिया, इण्डोनिशिया, लाओस, मलेशिया, जापान, सिंगापुर र जापान रहको १३ वटा मुलुकहरु सहभागी रहेको अन्तराष्ट्रिय लुम्बिनी विकास समिति गठन गरियो । यस समितिमा पछि भुटान र दक्षिण कोरियालाई थपी १५ सदस्यीय बनाइएको थियो । जापानको वास्तुविद केञ्जोटाङ्गेले तयार गरेको गुरुयोजना अनुसार तीन वर्ग माइल क्षेत्रमा दक्षिणदेखि उत्तरपट्टि क्रमशः पुरातत्वीक बगैचा विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँमा विभाजन गरिएको छ। गुरुयोजनाको कार्यान्वयन तथा सुपरिवेक्षणको लागि १९७१ मा लुम्बिनी विकास समिति गठन गरियो । १९८६ मा अन्तराष्टिय शान्ति वर्ष स्मरणमा ज्ञानेन्द्रले विश्वशान्ति दीप प्रज्जवलित गरेका थिए । अहिले यो दीप विश्वशान्तिको प्रतिकको रुपमा बलिरहेको छ ।

नेपाल लगायत विभिन्न देशका हजारौं बौद्ध धर्मावलम्बीहरु दैनिक लुम्बिनी भ्रमण गर्ने गर्दछन यसैक्रममा अर्घाखाँची टाईम्सका प्रमुख सम्पादक एवम काठमाडौं फाउन्डेशन नेपालका फाउन्डर श्री मेहर सिंह के.सी एवम काठमाडौं फाउन्डेशन कै प्रमुख हरि खड्का लगायतको विषेश टोली हालै केही दिन अगाडि लुम्बिनी भ्रमण गरेको थियो। हामीलाई लुम्बिनी भ्रमण समुह स्रोतबाट केही फोटोहरु प्राप्त गरेका थियौ, ति तस्बिरहरु:-