कति राम्रो अर्घाखाँची/नुवाकोटको चिउरामाटी: अब जाडोका महिनाहरु करिव, करिव सकिदैछन, आउने फागुन महिनाको अन्त्यबाट अली अली गर्मीको महशुस हुन सुरु हुन्छ। त्यसैसगै बसन्त ऋतुको आगमनले गाउँ - गाउँको बातावरण अझ रमाइलो -सुन्दर देखिन्छ। बसन्त ऋतुको समयमा ढिकुरा नुवाकोटका चिउरामाटी जस्ता अनेकौ गाउँको रमणिय बातावरणको बारेमा हामीलाई समय- समयमा अनेकौ लेख- समाचार, तस्बिर- भिडियोहरु प्राप्त भइरहन्छन। त्यसो त हाम्रो अर्घाखाँची सुन्दरताको लागि नेपालका अन्य जिल्लाको तुलनामा अगाडि नै छ त्यही भएर होला "कति राम्रो अर्घाखाँची" भन्ने शिर्षकमा रामु गैरेले एक कविता लेख्नु भएको थियो, जुन यस अगाडि प्रकासित कविता यस्तो थियो:-
कति राम्रो अर्घाखाँची
हरियाली त्यसैमाथि
उत्तरतिर अर्घा अनि दक्षिणतिर खाँची
बागी खोला सलसल बग्यो
छिर्लिङ खोला कलकल
सीत खोला खलखल गर्यो
अर्घा अनी खाची बीच
चुत्रबेँसी,सन्धिखर्क
कुरबाट हेर्दाखेरी झनै राम्रो रैछ
मनको कुरा पुराइदिने
सुपाकी देउरालीमाइ
आफु सात समुन्द्रपरी
घरपरिबारलाई रक्षागरे है
त्यस्तो राम्रो गाउँघर छोडि
प्रदेश पस्न लेखेको रैछ
कुरबाट पारी हेर्दा
मेरो चिउरमटि गाउँ
सधैंभरी परिवारसंगै
जिवनभर रमाउन पाउ
शिरभर सबैदिइ
सबै भगवान माथि
आफ्नै गाउँ आफ्नै ठाउँ
रमाइलो लाग्छ सँधै
अर्घाखाँची ॥
यस्तै सिलसिलामा नुवाकोट गाबिस वार्ड न-४ चिउरामाटी माझाघर हाल- दोहा, कतारका मुमा राम गैरेले आफ्नो नेपालमा रहेकी श्रीमती र छोरीको र सबै घर परिवार लगायतका तस्बिर एवम अर्घाखाँचीमा रहने सबै आफन्तहरु तथा आफुलाई चिन्ने सम्पूर्ण अर्घाखाँचीबासीलाई नमस्कार गर्दै केही समय अगाडि पठाएका फोटोहरु:-
Sunday, January 24, 2010
अर्घाखाँचीका (कति राम्रो अर्घाखाँची/नुवाकोटको चिउरामाटी) फोटोहरु भाग- १३४
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:02 AM