Thursday, January 21, 2010

अर्घाखाँचीका (खाचिकोटको फुडवाङमा बसले किचेर वृद्ध महिलाको मृत्यु) फोटोहरु भाग- १३३

खाचिकोटको फुडवाङमा बसले किचेर वृद्ध महिलाको मृत्यु: खाचिकोट गाबिस वार्ड नम्बर ३ लामडाडा निवासी ७२ वर्षिय चन्द्रा नेपाली नाम गरेकी वृद्धको आफै सवार सन्धिखर्कबाट बुटवल जादै गरेको लु १ ख ५७२४ नम्बरको यात्रु बाहक बसले फुडवाङ ओर्लने क्रममा उक्त गाडीको पाङ्रग्राले खुट्टामा किची घाइते भएको अवस्थामा बस चालकले फेरी गाडी ब्याक गरी सोही ठाउँमा किचेर घटनास्थमै मृत्यु भएको हो । घटनापछि स्थानिय बासीहरुले क्षेतिपुर्ती माग गर्दै प्रदशनहरु गरेका थिए र त्यहाँको स्थिती तनावपूर्ण भएको थियो, प्रहरी र स्थानियबासी बिच झडप समेत भएको थियो। झडपमा प्रहरीले हवाइफाएर सम्म गर्नु परेको थियो र स्थिती साँझ सम्म तनाव भए पनि पछि गाडी पक्ष र पीडित पक्ष बिच ५ लाख रुपैया क्षेति दिने सहमति भएको मृतकका छोरा सिव बहादुर नेपालीले बताएको समाचारमा जनाइएको छ। यसैगरी त्यहाँबाट प्राप्त फोटोहरु: