Wednesday, January 20, 2010

अर्घाखाँचीका (राष्ट्रिय जनमोर्चाको बन्द अर्घाखाँची प्रभावित) फोटोहरु भाग- १३२

राष्ट्रिय जनमोर्चाको बन्द अर्घाखाँची प्रभावित: संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले गरिरहेको अनेकौ आन्दोलन मध्ये राप्ती र लुम्वीनी बन्द आह्वानका कारण अर्घाखाँचीको पनि जनजीवन पूर्ण रुपमा प्रभावित भयो। बन्दका कारण बिहानैदेखि सन्धिखर्क लगायत जिल्लाभरका बजार, स्कुल, क्याम्पस बन्द भए भने यातायातका साधन समेत संचालन हुन सकेनन्। बन्दका क्रममा सामान्य झडप हुँदा दुई जना घाइते भए। साथै उक्त घटनामा प्रहरीले जनमोर्चाका ४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बन्दको अघिल्लो दिन हजारौंको सन्ख्यामा मशाल जुलुस समेत निकालिएको थियो। राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले आफ्नै शब्दमा बन्द आह्वान पूर्ण रुपमा सफल भएको दाबी गरेको छ। यसैगरी बुधवार नै श्रीपञ्चमी तथा वसन्त पञ्चमी परेको थियो सो अवसरमा स्कुले विद्यार्थी पूजापाठ गरेका थिए। हामीलाई अर्घाखाँचीबाट प्राप्त भएका अनेकौ तस्बिरहरु:-