Saturday, January 16, 2010

अर्घाखाँचीका (माघे सङ्क्रान्ति सन्धिखर्क देखी रिडी सम्म) फोटोहरु भाग- १३१

माघे सङ्क्रान्ति सन्धिखर्क देखी रिडी सम्म: यसवर्ष मकर सक्रान्ति, औँशी तीथि र सुर्यग्रहण पनि एकैदिन परेकाले अर्घाखाँचीबाट समेत हजारौँको सख्यामा तिर्थालु भक्तजनहरुले रिडीको कालीगण्डकी नदीमा स्नान गर्ने, अर्घ दिने र सुर्यको दर्शन गर्न त्यहाँ पुगेका थिए। अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थलको रुपमा रहेको रिडीमा माघे सङ्क्रान्तिको विहानैदेखि दर्शनार्थीहरुको निक्कै घुईँचो लागेको थियो। माघे सङ्क्रान्ति पर्व अर्घाखाँची लगायत मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तीलको लड्डु र तरुल खाई मनाइएको थियो। त्यसैगरी अर्घाखाँची टाईम्सका प्रमुख सम्पादकको बिशेष टोली रिडी पुगेको र त्यही सिलसिलामा रिडी स्थित स्रोतबाट हामीलाई प्राप्त अनेकौ तस्बिरहरु: