अर्घाखाँचीमा माघे सङ्क्रान्ति: हिन्दु धर्मालम्वीहरुको पवित्र चाड माघे सङ्क्रान्तिका अवसरमा सन्धिखर्क लगायत जिल्लाभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो । त्यस्तै माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिखोला र जिल्लाका गाउँ-घर नजिक रहेका खोलाहरुमा पनि स्नान गर्न अर्घाखाँचीबासी भक्तजनहरूको शुक्रवार बिहानैदेखि घुइँचो लागेको थियो। सन्धिखर्क, चुत्राबेसी बजारमा सयौ धर्मालम्वीहरुको घुँइचो लागेको थियो। साथै जिल्ला बिकास कार्यालय अर्घाखाँचीले यस बर्ष भने कृषि मेला प्रदशनी गरेको थिएन। यसैगरी माघे सङ्क्रान्तिका अवसरमा सदरमुकाम सन्धिखर्कमा जनचेतना सरोकार मन्चको आयोजनामा एक बिशेष कार्यक्रम गरिएको थियो। सो कार्य्रक्रम हेर्न सयौको भिड देखिन्थियो । यसैगरी सन्धिखर्क स्थित हाम्रा फोटो सम्वाददाताले पठाएका तस्बिरहरु:-
Friday, January 15, 2010
अर्घाखाँचीका (अर्घाखाँचीमा माघे सङ्क्रान्ति) फोटोहरु भाग- १३०
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:25 AM