Tuesday, January 12, 2010

अर्घाखाँचीका (भाषा स्कुलमा क्रिस्मस) फोटोहरु भाग- १२८

भाषा स्कुलमा क्रिस्मस : क्रिस्मस सहित नयाँ वर्ष सन २०१० पनि शुरु भएको छ, यसैगरी हामीलाई ढिलै गरी सन्धिखर्क ६ का दुई बहिनीहरु मन्जु के.सी एवम कमला के.सी ले आफ्नो इटालियन भाषा सिक्ने स्कुल, ल्यांगवेज फर फोरेइग्नर रोम स्कुलमा क्रिस्मस पर्वमा लिएका पठाउनु भएको छ। इटालियनको कुरा गर्दा यस अघि इटलीका प्रधानमन्त्री सिल्बियो बर्लुस्कोनिलाई एक नागरिकले साङ्घातिक आक्रमण गर्दा दाँत भाँचिएको थियो र मुखमा गम्भीर चोट लाग्नुका साथै ओठसमेत काटिएको थियो। लामो समयदेखि बिलासिता तथा भ्रष्टाचारको आरोप खेप्दैआएका ७३ वर्षिय प्रधानमन्त्री बर्लुर्स्कोनि विवादित रहँदै आएका छन। प्रधानमन्त्री बर्लुस्कोनिमाथि यौनकर्मी महिलासँग सर्म्पर्क गरेको आरोप पनि लाग्दै आएको थियो । यस सम्बन्धी स्पेनको एक दैनिकी पत्रीकाले अनेकौ फोटो सहित समाचार छापेपछि अत्याधिक चर्चा पाएको थियो। यसै विषयलाई लिएर उनकी श्रीमतीले पनि सम्बन्धविच्छेदका लागि अदालतमा निवेदनसमेत दिएकी छिन् । प्रधानमन्त्री बर्लुस्कोनिको बिरोधमा सडकमा चर्को नारावाजी हुँदैआएको छ । यसैगरी गत साता इटलीका सरकारी सुरक्षाबल एवम अबैधानिक रुपमा बस्दै आएका आप्रवासी बीच हिसात्मक घटनाहरु भएका थिए। इटालीयन सरकारले आप्रवासी (इमिग्रेसन) सम्बन्धी नयाँ कानुन लागु गरेपछि सयौ गैरकानुनी रुपमा लुकेर बसेका नेपालीहरुलाई समेत अफ्ट्यारो पारिदिएको छ जसले गर्दा दर्जनौ नेपालीहरु नेपाल फर्की सकेका छन । इटालीको जम्माजम्मै जनसंख्या ६० मिलियन रहेको छ भने अर्थतन्त्रमा आएको संकटका कारण ८,३ % वेरोजगार पुगिसकेको छ ।