Wednesday, April 08, 2009

अर्घाखाँचीका(नयाँ बर्ष र कतार/पन्जाब भारत)फोटोहरु भाग-८६

एउटा अर्को बर्ष बितिसकेछ यहाँ
खुसि अनि केहि दुखका स्मृतिहरु छाडेर

छुट्टियका प्रेम र लुटियका हाँसोहरु छाडेर
एउटा अर्को बर्ष..अरु बर्षहरुजस्तै
म मेरै निम्ति बाँचे…आफ्नै लक्ष्यहरुको लागि
मेरो देश हिँजोपनि रोइरहेको थियो..आजपनि उस्तै
बिग्रियको राजनिति अनि फोहोर गल्लिहरु बोकेर
मेरो देश आजपनि केहि नेपालि खोजिरहेछ

जसले काँधमा बोक्नसकुन मेरो देशलाइ
जसले पुछ्नसकुन नेपालिहरुका आँशुहरु..अनि
फैलाउन उज्यालो निर्जन बस्तिहरुमा पनि


विदेशमा बसेर देशका निम्ति दुइशब्द कोर्नु
मैले आफ्नो कर्त्यब्य सम्झेको छु
बाहिरियकाहरुलाइ मात्र नेपालि ठान्ने
कस्तो पिडा ब्यहोरिरहेको छु !!
दुर्लभ फुर्सदहरुमा पनि पुरानो प्रेमका नाममा
केहि उदास..

अनि देश बिर्सने केहि थोपा रक्सिहरुमा
मैले मेरो राष्ट्रियता बिर्सिरहेको छु
एउटा अर्को बर्षपनि म ब्यर्थैमा बितायछु
!!!

- हो यसै गरी नयाँ बर्ष- २०६६ सालको शुभ-अवसरमा विश्वभर रहेका हजारौ अर्घाखाँचीबासी नेपालीहरुबाट आफ्नो अर्घाखाँचीमा रहनु भएका सम्पूर्ण परिवार, साथीभाईहरु लगायत सम्पुण जिल्लाबासीहरुको नाममा अनेकौ शुभकामनाहरु पठाउनु भएको छ। यसैगरी नयाँ बर्षको शुभकामना सहित अर्घातोस -३ चिदिपानी घर भइ हाल कतारमा रहनु भएका हरि प्रसाद लम्सालबाट एवम जुकेना-५ हाल आइसिए-ll कम्प्युटर कलेज, पन्जाब भारतका टुक लाल पौडेल मार्फत प्राप्त भएका केही फोटोहरु -









जुकेना-५ हाल आइसिए-ll कम्प्युटर कलेज, पन्जाब भारतका टुक लाल पौडेलबाट प्राप्त भएका केही फोटोहरु



कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।