Friday, January 09, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ७०

वोर्डिङ स्कुलको वनभोज ! अर्घाखाँची जिल्लामा अहिले मुनाफा कमाउने उद्देश्यले खोलिएका मदरल्याण्ड बोर्डिङ,सन्धिखर्क जस्ता थुप्रै निजी वोर्डिङ स्कुलहरु छन गुणस्तरीय शिक्षा त छैन-छैन विद्यार्थी भर्नादेखि परीक्षा शुल्कको साथमा अनेकौं शुल्क शीर्षक राखी व्यापारिक ढंगले अभिभावक र विद्यार्थी वर्गलाई शोषण गर्ने काम गरिरहेका छन्। यी प्रत्येक निजी विद्यालयको शुल्क एक–अर्कासँग एकरूपता पाइँदैन। तर सदरमुकाम सन्धिखर्क देखि करिव ३ किलोमिटर दुरीमा पर्ने खाचिकोट-५ स्थित फुदवाङ बजारमा पर्ने एक मात्र "जेनिथ् ईंग्लिश बोर्डिङ स्कुल" मा भने फरक छ। यस स्कुलमा अनुभवी शिक्षकहरुका साथै सर्वसुलभ, वैज्ञानिक र गुणात्मक शिक्षा प्रदान गरिएको देखिएको छ। राम्रो र अनुशासित शैक्षिक वातावरणमा पठनपाठन गराइने भएका कारण विद्यार्थीको चाप बढदो छ। यो चापलाई हेर्दा सन् २०१० सम्म २ देखि ३ हजार सम्म विद्यार्थी पुग्ने अनुमान छ। यसैगरी सोही अर्घाखाँचीको एक मात्र गुणस्तरीय पढाई हुने "जेनिथ् ईंग्लिश बोर्डिङ स्कुल" ले आफ्ना विद्यार्थीलाई "विन्टर पिक्निक" नाम दिएर एक कार्यक्रममा गरेको थियो र त्यहाँ बाट हामीलाई प्राप्त केही फोटोहरु -