शैक्षिक भ्रमण एफ.एम रेडियो सम्म ! नुवाकोट गाबिसको पानडाडा स्थित एक माध्यमिक विद्यालयबाट हालै त्यहाँका शिक्षक, विद्यार्थीहरु लगायत अर्घाखाँची टाईम्सका प्रमुख सम्पादक श्री मेहर सिंह के.सी ज्यु पनि भ्रमण जानु भएको थियो, सो चार दिने शैक्षिक भ्रमणका क्रममा भ्रमण टोली पाल्पाको तान्सेनमा रहेको एक नयाँ एफ.एम रेडियो " रेडियो पश्चिमाञ्चल " प्रसारण केन्द्रमा समेत पुगेको थियो। भने सो एफ.एम रेडियो फ्रीक्वेन्सी ९९.४ मेगाहर्जमा सुन्न सकिन्छ। त्यसैगरी अहिले एफ.एम रेडियो खुल्ने लहर चलेको छ सोही क्रममा अर्घाखाँची जिल्लामा पनि मिडिया - डिभेलपमेन्ट फर कम्युनिटीले "रेडियो अर्घाखाँची" लाई फ्रीक्वेन्सी १०५.८ मेगाहर्जमा सन्चालन गर्ने भनी सुनिएको छ । तर भने अर्घाखाँची टाईम्सले केही महिनामा नै यही वेब साईटबाट २४ घण्टा टेलिभिजन प्रसारण शुरु गर्दै छ जुन बिश्वभर वेब मार्फत लाईभ प्रसारणमा आउने छ, यसको जानकारी पछी गराइने छ। यसैगरी हामीलाई शैक्षिक भ्रमण टोलीबाट प्राप्त केही फोटोहरु-
Friday, January 09, 2009
अर्घाखाँचीका फोटोहरु भाग - ६९
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:16 AM