Saturday, December 01, 2007

रक्तिम सांस्कृतिक परविार र जीवन शर्मा

नरेश थापा,सन्धिखर्क /काठमाडौं- सर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनि एक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर िजेनतेन जीवन धान्दैछन् । तर, आप\mनो समर्पणमा कुनै असन्तुष्टि छैन । भन्छन्, "राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।"


जीवन शर्मा जन्मजात सर्वहारा होइनन् । तर, सर्वहाराका गीत गाउँदागाउँदै 'सर्वहारा' बन्न पुगेका छन् । स्वीकार्छन्, "पहिले म सर्वहारा थिइनँ, अरूका लागि गाउँथँे, अहिले म सर्वहारा भएँ, आप\mनै लागि गाउँदैछु ।" सर्वहारा वर्गका निम्ति गाएर त्यसै वर्गमा समाहित हुन पाउनुमा उनले गौरव नै गरेका छन् । सम्पत्तिका रूपमा अब उनीसित जनताको माया मात्र छ । पारविारकि अंशका रूपमा पाएको चितवनको घडेरी जनताको गीतको सङ्ग्रहालय बनाउने क्रममा बेचे उनले । तर, मुलुकमा लागेको सङ्कटकालले नेपाल सांस्कृतिक प्रतिष्ठान नामक संस्थाका साथै जीवन शर्माको पुख्र्यौली झिटी पनि रहेन । चित्त बुझाउँछन्, "नेपालमा राम्रो काम के पो फस्टाएको छ र !"

त्यसो त कागजी प्रमाणपत्रहरू नभएर जीवन शर्मा 'सर्वहारा' हुन पुगेका होइनन् । दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्रमा डबल एमए पनि पढेकै हुन् । तर, अङ्ग्रेजीलाई आप\mनो कपको कफी बनाउन सकेनन् उनले । बडो भावुक मुद्रामा भन्छन्, "म पूरै गीततिर लागेँ, अब मसित गीतबाहेक केही छैन ।" हो, अब जीवन शर्माले खाने, बस्ने, पढ्ने अनि हिँड्ने जनताकै गीत मात्र हुन् ।

जीवन शर्माले जानेर 'साइँली-माइलीका गीत' गाएनन् । उनको रोजाइमा रह्यो सार्थक गीत । भन्छन्, "मुलुकको जिम्मेवार कलाकारले अर्थहीन गीत किन गाउने ? नाङ्गा र अङ्गप्रदर्शन गरनिे खालका नाच चाहिने गीत म गाउँदिनँ ।" जीवन शर्मा फेर िपनि दुःखी जनता र अखण्ड नेपाललाई नै गीति मेनुमा राख्न चाहन्छन् । उनको जिद्दी छ, "गीतले दिमाग छिटो बदल्न सक्छ ।"

अविराम 'जनता-जिन्दावाद' भन्दै आएका छन् जीवन शर्मा । बिहानीले दिनभरकिो सङकेत गरििदन्छ रे ! जीवनवादी जीवन भन्छन्, "एकाबिहानै कामुक गीत सुन्नेले दिनभर िठिटीतिर ध्यान दिन्छ, भजनकीर्तन सुन्नेले मन्दिर धाउँछ अनि जागृतिका गीत सुन्नेले देश र जनतालाई केन्द्रमा राख्छ ।" तर, उनी प्रेम होस् वा राजा विषयलाई गीतै होइन चाहिँ भन्दैनन् । यत्ति हो, जनतालाई सम्पूर्ण रूपमा राजनीतिक चेतनाले झरभि'mट्टै नपारेसम्म उनले उज्यालो भविष्यको गीत सुनाइरहने छन् ।

जीवन शर्माको छुट्टै जीवनदर्शन छैन । सर्वहारा वर्ग र उनको जीवनदर्शन एउटै हो । तीन छोरा र एक छोरीका पिता जीवनले जीवनमा दुईपटक विवाह गर्नुपर्‍यो । एउटा मागी विवाह, अर्को भागी विवाह । प्रथम पत्नीसित त उनले सम्बन्धविच्छेद नै गरसिकेका छन् । अहिले उनी काठमाडौँ घट्टेकुलोमा पत्नी नीलिमा, छवर्षे छोरीसहित रुखासुखा दिनगन्ती गर्दैछन् उनी ।

करोडपति बन्ने, सुनका बिस्कुट ढुकुटीमा राख्ने, आलिसान महलमा बस्ने, बेन्ज कारमा हुइँकिने वा नाम र इज्जतसाथ बाँच्ने कुनै पनि महत्त्वाकाङक्षा छैनन् जीवनमा । बरु अहिले पनि कि जेल परनिे वा मारनिे खतराहरू देखिरहन्छन् । खतराहरू सामना गर्नुमा पनि अज्ञात आनन्द छ । भन्छन्, "म जे छु, ठीकै छु ।"

त्यसो त यी मुक्तिका गायक जिउने र मारनिे विषयमा डराउने खालका छैनन् । रेडियो वा टेलिभिजनले गीत बजाओस्, नबजाओस्, सारङ्गीप्रेमी जीवनलाई फिकर छैन । जनमनमा, जनजिब्रोमा र जनताको घरघरमा सुरक्षित हुन पाए पुग्छ । सामान्य अवस्थामा सजिलो मञ्चमा जाने अनि असामान्य अवस्थामा प्यारो ठाउँ गरबिका रामझुपडी छँदैछन् ।

जीवन शर्माको खास नाम रामकृष्ण आचार्य रहेछ । त्यसो त चिनामा टीकानिधि उपाध्यायका रूपमा टिपोट गरएिको छ उनलाई । कतिपय मौसमी नामहरू त जीवनले बिर्सिसकेका छन् । तर, जीवन शर्मालाई घिसारेर नियमित हिँडेको २५ हिउँद बितिसक्यो । जीवनको जन्मथलो बाग्लुङको राङखानी-पाही, धर्मराज थापाका शब्दमा 'गीतको खानी' हो । मगर बस्तीमा हरेक साँझ मादल घन्कने नै भयो । मेलापात, झारापर्म जताततै नाचगान । त्यहाँ भ\mयाउरे, भजन गाउँदागाउँदै रामकृष्ण आचार्यको अन्तःप्रज्ञा खुल्यो । काठमाडौँ पसेपछि मात्र उनी जनताको गीत गाउने तहमा पुगेका हुन् । सङ्कल्प, वेदनालगायतका सांस्कृतिक समूहको उत्प्रेरणा त छँदैछ ।

'कम्युनिस्ट-भाइरस' पसेपछि मायापिरतीका गीतहरू भूपू हुनु अस्वाभाविक होइन । रामकृष्णलाई थाहा भयो, देशदुनियाँ बदल्ने सजिलो बाटो गीतसङगीत हो । सम्झन्छन्, "जनताका दुःख, वेदना, पीरमर्का, पञ्चायती व्यवस्थाका दमन, अत्याचार अनि जागृतिका गीत गाएर देशाटन गरेँ, भारतका हिमाञ्चलदेखि कन्याकुमारी, कोलाकातादेखि मुम्बई, चेन्नईदेखि दिल्लीसम्म डुलेँ ।"

काठमाडौँको कलेज जीवनमा प्यूठानका मणि थापासित जीवन शर्माको जोडी खूबै जम्यो । गाउने जीवन र नाच्ने मणि । कलेजहरू डुल्दै आधा दर्जन वर्ष मणिसँग गरेको सहयात्रा उनले बिर्सन सकेका छैनन् । राजेश विकसँग गाउँतिर गितार बोकेर घरका आँटी, पिँढी अनि आँगनका धूलो उडाएको पनि ताजै छ ।

पहाडी सामन्ती पृष्ठभूमिका पितासित विद्राेह गरेर ननिस्केको भए जीवन शर्मा यतिखेर ढाक्रे जीवनशैलीमा रहने थिएनन् । तर, गीताङे बन्ने धुनमा इन्जिनियरङि् क्याम्पस पुल्चोकमा ओभरसियरको पढाइ अपूरै छाड्नुमा कुनै खेद छैन । कुनैबेला मुस्ताङ र सोलुखुम्बुमा मास्टरी गरेको झझल्को पनि मेटिएको छैन । बनारसमा कामचलाउ गितार सिकेका जीवनको बाटो तिनै तारहरूमा अल्भिmरह्यो ।

जीवन शर्मा गाउँदैनन् मात्र, गीत पनि आफैँ लेख्छन् । कहिलेकाहीँ कविहरूका रचनालाई पनि गीति सरगममा ढाल्छन् । आप\mना गीतलाई सर्वहारा वर्गको मान्छन् जीवन । भन्छन्, "मेरा गीत कुनै पार्टीको भजन होइन । गरबिका व्यथा अनि मुक्तिका आवाज कुनै पार्टीविशेषको हुन सक्दैन ।" 'झरनाको चिसो पानी...', 'सिमली छायाँमा बसी...' लगायत लोकपि्रय गीतका स्रष्टा जीवनका ३३ थान एल्बम जनताका नाममा आइसकेका छन् । 'फोकल्यान्डको टापुबाट...' चाहिँ मणि थापाले लेखेका रहेछन् । पक्कै पनि जीवन शर्माको स्वरसङगीनीका रूपमा नीलिमा पुन र लक्ष्मी गुरुङजति अरू सुहाएनन् । स्वर संसारकै गरमिाका निम्ति नीलिमासित उनले प्रेमविवाह गरेका हुन् ।

जीवन शर्माको पार्टीगत सम्बन्ध मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसित छ । त्यसो त उनी एकताका एमालेको साङ्गीतिक मञ्चमा पनि गाउँदै नहिँडेका होइनन् । भन्छन्, "एम्ााले कम्युनिस्ट पार्टीचाहिँ होइन, देशभक्त र जनतान्त्रिक चरत्रिको पार्टी हो भन्ने लागेको थियो । तर, महाकाली सन्धिमा बदमासी गरेपछि म त्यहाँ रहिरहन सकिनँ ।"

रक्तिम सांस्कृतिक परविारका संस्थापक हुन् जीवन । अहिले त्यसको अध्यक्ष छन् । घन्टाघरको फेदीमा बसेर नौ जनाले खोलेको रक्तिममा अझै पनि सयौँ कलाकार सङ्गठित रहेछन् । ज्यान जाला, जीवनले रक्तिम छाड्दैनन् । भन्छन्, "अहिले राष्ट्रका निम्ति बोल्ने संस्थाहरू धमाधम समाप्त हुँदैछन् । सबै कम्युनिस्टहरू देशभक्त हुन्छन् भन्ने परभिाषा फेरएिका बेला सर्वहाराको मुक्तिका साथै राष्ट्र मुक्तिका निम्ति आन्दोलित हुनुपरेको छ ।" त्यसैले घन्काउँदैछन् ः

छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा

बढ्छ अघि चल्छ निरन्तर

रोकेर रोकिन्न, जनताको आँधी

चल्छ हुरी आउँछ वसन्त ।

कवि हृदयका मनुवा जीवन शर्मा कहिले छन्दमा हुन्छन्, कहिले छन्द न बन्दमा । उनको संसारभर िसाम्यवाद स्थापनाको स्वैर कल्पना हो वा क्रान्तिकारी रोमान्स उनमा बाँकी छ । नेताकै हिसाबमा दोहोर्‍याइरहन्छन्, "मेरो इच्छाले मात्र संसार बदलिँदैन, मैले त परविर्तनको गतिलाई तीव्र पारििदने मात्र हो, मेरो जिन्दगीमा भएन भने कुनै दिन होला ।" तर, 'सागर भेट्न जाँदैछ नदी...' कित्ताका गीतले श्रोताको मन नजितेको गुनासो छ उनमा । भन्छन्, "मलाई मनपर्‍यो एकथरी, दुनियाँलाई मनपर्‍यो अर्काथरी ।"

जीवन शर्मा आफैँमा एउटा तथाकथित आदर्श बोकेर हिँडेका छन् । उनका आदर्श नेता रहेछन्, कमरेड मोहनविक्रम सिंह । भन्छन्, "मोहनविक्रम मुलुककै एक मात्र सत्याग्रही नेता हुन्, लोभलालच, इज्जतबेइज्जत नहेरी साँचो कुरा बोल्ने, सर्वहाराजस्तै बनेर हिँडेका मोहनविक्रम स्तरको नेता मैले भेटेको छैन ।" प्रचण्डपूजाको फोटोकपी किन त ? जवाफमा जीवन शर्मा, "म त एक समय मसाल पनि छाडेर हिँडेको हुँ, मलाई यहाँ बस्न कसैले बाध्य बनाएको पनि छैन । मोहनविक्रम कुनामा घचेटिएलान्, छेउमा फालिएलान् वा पुरएिर मर्न पनि सक्लान् तर उनले यथार्थ बोल्न छाड्दैनन् ।"

मूलधारको गीतमा विद्रोही गायक जीवन शर्माको आकर्षण छैन । "मैले जनताको गीत गाउनु के नराम्रो हो ? राष्ट्र बचाउने गीत गाउनु मेरो अपराध हो ?" उनी भन्छन्, "अरू पैसाका लागि गाउँछन्, म चेतनाका लागि गाउँछु ।" जनताको गीत गाउँदै बझाङ, हुम्ला, ताप्लेजुङबाहेक सबै जिल्ला परत्रिmमा गरेका जीवन शर्मा आफूलाई सोचेभन्दा हजारौँ गुणा बढी सफल ठान्छन् । भन्छन्, "४८ वर्षे जोवन अर्थपूर्ण रह्यो । म किन जन्मेछु जस्तो लागेको छैन ।"

आजीवन कम्युनिस्ट भएकोमा जीवन शर्मालाई कुनै दुःखमनाउ छैन । जति व्यथित छन्, नक्कली कम्युनिस्टबाट । कम्युनिस्टको साइनबोर्डमा मनपरी गर्दै आएका नेतालाई धिक्कार्छन् पनि । तर, जनताका गीत गाउने सबै उनका श्रद्धाका पात्र छन् । भन्छन्, "कम्युनिस्ट भनेको विचार हो, हतियार बोक्दैमा कम्युनिस्ट हुने भए ज्वालासिंह वा तमिललाई लाल सलाम गर्नुपर्‍यो ।"

कम्युनिस्ट नै किन नहुन्, असलमा जीवन शर्मा कलाकार हुन् । उनी आफूलाई देशभक्त नेपालीको दर्जामा राख्न चाहन्छन् । "अब एउटा काँधमा गणतन्त्र र अर्को काँधमा राष्ट्रलाई राखेर हिँड्ने दिन आएका छन्," उनी भन्छन्, "गणतन्त्र ल्याउने नेपालमा हो, नेपाल नै नरहे गणतन्त्र के काम ?"

जीवन शर्मा(रक्तिम सांस्कृतिक परविार)का गितहरु-भिडियो क्लिप हेर्नका लागि http://www.youtube.com/watch?v=6Vrhx9FlPjk जानु होला।