Saturday, November 24, 2007

चारैतिर हिंशा हत्या र अत्याचार छ….!!!

वीर सपुत तिम्रो धर्ति आज लाचार छ
खै कस्को नजर लाग्यो तिमीलाई
इज्जत लुकाउनपनि हम्मे भएको छ
किन आफनै संतान आज लाचार छ-
त्रि्रो विरतामा विश्व नतमस्तक हुन्छ भने
तिमीले देखाएको वाटोमा विश्व हिडछ भने
अहिंशाको पुजारी तिमीनै हौ भन्छ भने
आज किन तिम्रो आंगन रक्ताम्मे छ -
किन आफनै संतान आज लाचार छ-
चारैतिर हिंशा हत्या र अत्याचार छ ।

सधै अहि­­शाको ज्याति र ज्ञानफैलाउनेले
किन आफनै घरमा ज्योति वाल्न सकिनौ
किन हर घरमा शान्ति ल्याउन सकिनौ
यहा त हर मोडमा भ्रस्टाचार छ
चारैतिर हिंशा हत्या र अत्याचार छ ।

के पाउछौ तिमीले आपसमा लढाएर
अव त शान्ति ल्याउ सदवुद्धी पढाएर
हेर त त्रि्रो धिर्ति आज कत्ति लाचार छ
चारैतिर हिंशा हत्या र अत्याचार छ ।
-Narayan Singh Poudel Bangalore