Friday, November 23, 2007

अर्घाखाँचीमा माओवादीको जबर्जस्ती चन्दा,डर त्रास जारी

रिता थापा,अर्घाखाँची- अर्घाखाँचीका सबै जसो गाविसहरुमा माओवादीहरुले विभिन्न निहुमा जबर्जस्ती चन्दा उठाउने, डर त्रास देखाउने जस्ता काम जारी राखेका छन्। माओवादी कार्यकर्ताहरुले अपनाउंदै आएका हिंसात्मक र धम्कीपूर्ण व्यवहारमा कुनै पनि परिवर्तन आएको छैन । माओवादीले गैरसरकारी संघसंस्था र विद्यालयका शिक्षकहरूसँग पनि सोहीअनुसार चन्दा माग गरेका छन्। कर्मचारीहरूसँग १२ दिनको तलब सहयोगस्वरुप माग गरेका र स्वेच्छाले भन्ने गरे पनि निश्चित दिन र रकमै तोकेर तलब दिनुपर्ने माग गर्दै कार्यालयहरूमा धम्कीपूर्ण पत्र पठाएका छन्। सजिलै रकम नदिनेलाई टेलिफोनबाट एवम कार्यालयमा आएर समेत धम्क्याउने गरेको गुनासो कर्मचारीहरूको रहेको छ । जिल्ला भर जनताहरुमा माओवादीको डर-त्रास जारी छ।