Wednesday, November 21, 2007

अर्घाखाँचीमा एकादशी मनाइयो

सन्धिखर्क/काठमाडौं- अर्घाखाँचीका श्रद्धालुहरूले भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन तथा व्रत बसेर मंगलबार हरिवोधनी एकादशी मनाएका छन् । अर्घाखाँचीका विभिन्न ठाउँ- ठाउँहरुमा एकादशीको दिन सम्म भैलो खेलिएको देखिन्थियो । एकादशीको अघिल्लो रात विभिन्न राजनीतिक पार्टीहरुले सन्धिखर्कमा सास्कृतिक कार्यक्रमहरु गरेका थिए।
हाम्रा अर्घाखाँची टाईम्सका काठमाडौंस्थित समाचारदाता लेखछन् ,राजधानीका इचुंगु, विशंखु, शेषनारायण र चागुनारायण मन्दिरमा श्रद्धालुको भीड लागेको थियो । नेपाल पञ्चाङ समितिले मंगलबार र बुधबार दुइदिन एकादशी परेको उल्लेख गरेपछि पहिलो दिन एकादशी मनाइएको हो ।