Tuesday, November 13, 2007

अर्घाखाँचीमा हर्षोल्लसाका साथ तिहार मनाइयो,एकादशीको लागि ब्यापक रुपमा तयारी

सन्धिखर्क,अर्घाखाँची-अर्घाखाँचीका सबै गाविसहरुमा हर्षोल्लसाका साथ तिहार मनाइयो, यम पञ्चकको अन्तिम दिन आइतबार दिदीबहिनीले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामनासहित दाजुभाइलाई टीका लगाइदिएका छन् । भाइटीकापछि तिहार सकिएको छ । दिदीबहिनीले दाजुभाइलाई पूजा गरी निदारमा सप्तरंगी टीका र मखमली, गोदावरी फूलको माला पहिराएर विभिन्न परिकारसहित भोजन गराई भाइटीका लगाई दिए ।
अर्घाखाँची जिल्लामा खास गरी एकादशी सम्म भैलो खेली तिहार मनाउने गरिन्छ। र एकादशीको लागि विभिन्न दलहरु एवम गाउ-गाउबाट सन्धिखर्क ,चुत्राबेशीमा आउनको लागि ब्यापक रुपमा तयारी भइरहेको छ । नेकपा मसाल (राष्ट्रिय जनमोर्चा) एवम नेकपा एमाले ले एकादशीको अघिल्लो रात र एकादशी दिनको लागि विशेष कार्यक्रम गर्दैछन्।