Friday, November 02, 2007

वाङ्ला-टुनीपोखराका लीला श्रेष्ठको गुल्मी ट्रक दुर्घटनामा मृत्यु

अर्घाखाँची- गुल्मीको सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको ट्रक दुविचौर गाविस-९ उर्लेनीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।ना१ख ६४०० नम्बरको ट्रक दुर्घटनामा परी अर्घाखाँचीको वाङ्ला गाविस टुनीपोखराका लीला श्रेष्ठ सहित अन्य गुल्मीका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पतालमा र अन्य दुईको घटनास्थलमा मृत्यु भएको छ । दुईजना गुल्मीका र एक जना बागलुङका गरी तीनजना घाइते भएका छन् ।