अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सन्जाल अर्घाखाँचीले आज सन्धिखर्कको शान्ती बगैचामा ब्रह्रत जन-दवाव पदयात्राको आयोजना गरेको छ। उक्त कार्यक्रममा सन्धिखर्क लगायत आसपासका बिद्यालय एवम विभिन्न २४ संघ-संस्थाको उपस्थिती रहेको थियो । पदयात्रा शान्ती बगैचा हुँदै बजारको पुरा परिक्रमा गरी जिल्ला प्रशासन कार्यलयमा गई प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो। उक्त्त ज्ञापनपत्रमा सरकारले सुर्ती जन्य बस्तुको नियन्त्रणको लागि हाल सम्म १९० देशले हस्ताक्षर गरिसकेको उक्त महासन्धीमा नेपालले पनि सन २००३ मा हस्ताक्षर गरिसकेको र पुन सन २००७ मा अनुमोदन गरिसकेको कुरालाई हाल सम्म पनि लागु नगरेको, जनता को स्वास्थ्य प्रति खेलवाड गरेको, सुर्तीजन्य पदार्थको सेवनबाट आम नेपालीको स्वास्थ्य बिगारदै गएको, विश्व स्वास्थ्य संघसँग नेपालले सुर्ती जन्य बस्तुको नियन्त्रणको लागि आवश्यक कानुन बनाएर लागु गर्नुपर्ने, नेपालको नैतीक दायित्व हुँदा हुँदै पनि हाल सम्म नियन्त्रणका लागि कुनै पहल नगरेकोले हजारौ नेपालीले सुर्ती जन्य पदार्थको सेवनबाट विभिन्न रोगको शिकार हुनु परेको तथा मृत्यु बरण गरेको कुरा लाई ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
Friday, December 17, 2010
अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सन्जालद्वारा ब्रह्रत जन-दवाव पदयात्रा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:18 AM