अर्घाखाँचीको सुपा देउराली मन्दिर बनाउन सहयोग गरेका एवम काठमाडौंको मातातिर्थमा आश्रम खोली अनुहार हेरेरै भविष्य बताउने बाबा नरनारायणको आइतवार बिहान मृत्यु भएको छ । सक्कली नाम नरेन्द्र केसी रहेका उनी ३८ वर्षका थिए । अर्घाखाँचीको बागी गाविस २ डाँडाखर्कमा २०२९ सालमा जन्मेका बाबा आश्रममा पुग्ने सयौ सर्वसाधरण र प्रभावशालीहरुको भविष्य अनुहार हेरेर भविष्य बताउने गर्दथे । आइतवार आश्रममै अचानक बेहोस भएका बाबालाई उनका सहयोगीहरुले उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । चिकित्सकका अनुसार बाबाको मृत्यु मष्तिस्कघातबाट भएको हो । बाबा नरनारायण बागी डाँडाखर्कमा चित्रबहादुर केसीका सुपुत्रका रुपमा जन्मभई जनज्योति माध्यमिक विद्यालयमा प्रारम्भिक र भगवती मावि सङ्खेटारीबाट प्रवेशिका परीक्षा लिनुभएका बाबा नरनारायणको बाल्यकालको नाम नरेन्द्र केसी रहेको थियो। नरेन्द्र केसी बाबा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरु उनका आश्रममा पुगेर लमतन्न पर्दै खुट्टा ढोगेर आर्शिवचन लिएको देखेर त्यहाँ पुग्ने सर्वसाधरणहरु चकित पर्दथे । यसैगरी सुपा देउराली मन्दिर बनाउनको लागि पनि उहाको प्रमुख सहयोग रहेको थियो। तस्बिरहरुमा सुपा देउराली मन्दिरका केही झलकहरु
Sunday, December 12, 2010
अर्घाखाँचीको सुपा देउराली मन्दिर बनाउन सहयोग गर्ने एवम बागी डाँडाखर्कमा जन्मेका बाबा नरनारायणको निधन
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:58 AM