गिती एल्बम 'बिलिभ'को म्युजिक भिडियो शुभ मुहरत गर्दै निर्देशक भरत महतो,अभिनयमा आशिस पुरुष,छायाकंनमा धर्म मानन्धर,को सम्युत लगानीमा आ-आफ्नो नामको सुरुको अक्षर बाट ब्याड थ्री फिल्मस यूनिटको स्थापना भएको घोषणा गरिएको छ । गत बुधवार यूएईको सारजाह स्थित अलनासर केएफसी सभा हलमा गिती एल्बम 'बिलिभ'को म्युजिक भिडियो शुभ मुहरत गर्दै सो घोषणा गरिएको हो। भरत सिटौला, हेमन्त थापा लगायत कलाकारका म्यूजिक भिडियोहरुमा छायाँकन गरिसकेको ब्याडथ्री ग्रुप ले आफ्नै प्रयास मा आफ्नै कलाकार तथा यूएईमा रहेका अन्य नयाँ कलाकार लाई जमघट गराइ दर्शक तथा स्रोतामा नयाँ अनुभुती दिलाउनका लागि स्थानिय क्षेत्रमै कार्यरत उदयमान गायक निरन सँगीतको पहिलो सौगात 'बिलिभ'को लागि आशिस पुरुष र मोनिमा श्रेष्ठ,बाल कलाकार निम्ता श्रेष्ठको अभिनयको केही छायाकंन तथा नरिवल फुटाएर र क्यामेराको पूजा गरेर शुभ मुहरत कार्यक्रमको उद्घघाटन गरिएको थियो । ग्रुपका सल्लाहकार सडानन्द पोख्रेलको शभापतित्व तथा स्थानिय नेपाली कलाकार,पत्रकार,तथा आफ्ना शूभचिन्तक महानुभावहरुको उपस्थितीमा सम्पन्न सो कार्यक्रमको सन्चालन पत्रकार उमाकान्त पाण्डे गाउले ले गरेका थिए । कार्यक्रममा ग्रुप लाई सहयोग पुराउने स्थानिय कलाकार,पत्रकार,लगायत लाई खादा ओढाएर सम्मान गरिएको थियो भने प्रवासमा बस्ने नेपालीले समेत बिदेशी भुमीमा पनि आफ्नो देशको कला सस्कृति प्रती अघाद माया राख्छन र यस् लाई अझ विस्तार गर्दै जानु पर्छ भन्ने उद्देश्य सहित ग्रुप स्थापना गरिएको बताइएको छ । यूएईमा रहेका नेपाली कलाकारहरुलाई अवशर प्रदान गर्दै नेपाली कला र सस्कृतिको जगेर्ना गर्नु ब्याड ग्रुपको उदेश्य रहेकोले कलाकार लाई स्थान तथा अवसर श्रीजना गर्दै अगाडि बड्ने आफ्नो उद्देश्य रहेको ले आगामी जनवरी २१ मा दुबईमा स्थानिय कलाकारको जमघटमा एक सास्कृतिक कार्यक्रमको आयोजना गरिने पनि जनाईएको छ । सो शुभ मुहरत कार्यक्रममा मिडिया सहयोगीको रुपमा अर्घाखाँची डट्कम् तथा नेपाली समाचार केन्द्रको प्रकाशनमा प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रीका रहेका थिए । तस्बिरहरु: उमाकान्त पाण्डे गाउले
Saturday, December 18, 2010
म्युजिक भिडियोको शुभमुहरत गर्दै यूएईमा ब्याड थ्री फिल्मस ग्रुपको घोषणा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:25 AM