सन्धिखर्कमा फागु पर्व, होली: अर्घाखाँचीमा पनि होली हर्ष उल्लासका साथ परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको छ। प्राप्त समाचार अनुसार अर्घाखाँची जिल्लाका ४२ सै गाविसमा होली अत्यान्तै हर्ष उल्लासका साथ मनाइएको र यसै सन्दर्बमा सामुदायिक रेडियो अर्घाखाँचीमा कार्यरत सम्पुर्ण साथीहरुले सदमुकाम सन्धिखर्कका बिभिन्न गल्ली गल्ली साथै चोक चोकमा आम सर्बसाधारण जनतासंगै होलीमा रम्दै ठाउँ- ठाउँहरुबाट प्रतक्ष प्रसारण पनि गरेका थिए। यो वर्षको फागु पर्व, होली सदाका बर्षको भन्दा धेरै रोचक अनि रमाइलो साथै उत्तिकै अनुशासित तरिकाबाट सम्पन्न भएको छ। होलीमा साना साना केटाकेटी मात्र होइन उमेर ढल्केकाहरु पनि रंग छ्यापाछाप गरेका दृष्य स्रर्बत्र देख्न सकिन्थ्यो । हाम्रा सहयोगी एवम रेडियो अर्घाखाँचीका बिनोद गैरेले लिनुभएका अर्घाखाँचीका फागु पर्व, होली सम्बन्धी तस्बिरहरु:-
Sunday, February 28, 2010
अर्घाखाँचीका (सन्धिखर्क लगायत अर्घाखाँचीभर फागु पर्व, होली) फोटोहरु भाग- १५१
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:21 AM