Tuesday, May 15, 2012

अर्घाखाँचीको पाणिनी तपोभूमि पणेनाको प्रर्वधन र प्रचारप्रसारको लागि एमाले बैठक

पाणिनी तपोभुमि पणेनाको प्रर्वधन र प्रचारप्रसारको लागि भन्दै नेकपा एमाले अर्घाखाँचीले पाणिनी तपोभूमि पणेनामा जिल्ला कमिटीको पुर्ण बैठक गरी पाणिनी तपोभूमि क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गर्न माग गरेको छ । संसारकै महत्वपुर्ण र ऐतिहासिक स्थल हुँदा हुदै पनि पाणिनी तपोभुमि ओझेलमा परेको भन्दै एमालेले पाणिनी क्षेत्रको प्रर्वधनका लागि सबै पक्षसँग आग्रह गरेको छ । एमालॆले पाणिनी क्षेत्रको व्यापक प्रचार प्रसार गरेमा विश्वभरका असंख्य पर्यटक भित्र्याउन सकिने भन्दै प्रचारप्रसारका लागि संचारकर्मीहरुको समेत ध्यानाकर्षण गराएको छ । एमालेले जिल्लाका पर्यटकीय स्थलको संरक्षण सम्वर्दन र प्रचार प्रसारको लागि पार्टीको पुरै शक्ति लागि पर्ने जनाउँदै पाणिनी तपोभूमीको विकासको लागि ५० हजार नगद उपलब्ध गराएको छ । सदरमुकाम सन्धिखर्कबाट ७ कोष टाढा पर्ने पाणिनी तपोभूमी पणेनामा बैठक बस्न एमालेका केन्द्र अञ्चल र जिल्लाका नेताहरु जमघट भएका थिए । बैठकमा एमालेका पुर्व स्थायी कमिटी सदस्य मोदनाथ प्रश्रित केन्द्रीय लेखा आयोगका सदस्य विष्णु पन्थी अञ्चल कमिटी सचिव खिमलाल भट्टराई लगायतले प्रशिक्षण दिएका थिए । बैठकले अखण्ड लुम्बिनी प्रदेशको माग अगाडी सारेको छ । भौगोलिक आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसावले लुम्विनि अञ्चल टुक्राउन नहुने भन्दै एमालेले लुम्विनि अञ्चलमा अरु केही जिल्ला समावेश गरी लुम्बिनी प्रदेश बनाउनु पर्ने निर्णय गरेको एमाले प्रंचार विभाग प्रमुख प्रेम नारायण गैरेले बताए । बैठक एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।