Thursday, May 03, 2012

अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहीबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्‍घाटन स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले गरेका थिए। उदघाटन समितिका अध्यक्ष सरोज भटराईको अध्यक्ष गणेश खनालको सचालन र प्रकाश बस्नेतको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल एमालेका अध्यक्ष रामजी प्रसाद घिमिरे राष्टिय जनमोर्चाका झविलाल थापा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ चन्दनाथ गणका गणपति रामकाजी राना प्रनाउ अरुण पौडेल लगायतका राजनीतिक दलका नेता सचारकर्मी उद्योगी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । खेलकुदको लागि चन्दनाथ गणका नेपाली सेना र प्रहरीले सरसफाई गरेका थिए ।