Monday, April 23, 2012

अर्घाखाँचीको चुत्राबेशी भक्तिटोलामा रहेको सिद्धेश्वर शिवालय मन्दिर उद्घाटनका लागि पुजा

अर्घाखाँची ११ बैसाख । सिद्धेश्वर शिवालय मन्दिर तथा सिद्धेश्वर आनन्द बृद्धाश्रम सन्धिखर्क ७ चुत्राबेशी भक्तिटोलामा आज देखि मुर्ती प्राण प्रतीष्ठा तथा उद्घाटन कार्यक्रमका लागि बैदिक बिधिपुर्बकको पुजा आज देखि सुरु भएको छ । नबनिर्मित सिद्धेश्वर शिबालय मन्दिर सन्धिखर्क ७ भक्तिटोलामा यहि बैसाख १६ गते श्री १००८ स्वामी ज्ञानान्द सरस्वती महारावबाट स्फटिक शिबिलंग र शिबपरिबारका मुर्तीप्राण प्रतीष्ठा गर्न आज देखि बैदिक महायज्ञ सुरु गरिएको हो । आज पहिलो दिन धार्मिक झाकि सहितको कलसयात्राले सन्धिखर्क तथा चुत्राबेसीको बजार परिक्रमा गरेको थियो । ११ गते आज पुर्बांग पुजा सम्पन्न भएको छ । १२ गते जलाधिबास १३ गते दुग्धादिबास १४ गते फालाधिबास द्रब्याधिबास १५ गते शैयाधिबास पुजा र १६ गते प्राण प्रतीष्ठाको कार्यक्रम रहेको छ ।